इटहरी तनावग्रस्त, पूर्वजर्नेल कुमार फुदुङमाथि कुटपिट



नेपाल समाचारपत्र, काठमाडौं । आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ ।

कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । उनको प्रहरीले उद्दार गरी उपचारका लागि लगेको छ ।

 

प्रहरीले फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीय बासी उनको घर घेराउ गर्न गएको थियो । त्यस क्रममा केही मानिस घरभित्र पसेर उनलाई कुटपिट गरेका छन् । उनलाई लछारपछार गर्दै घरबाट बाहिर निकालेको अवस्थामा प्रहरीले उद्दार गरेको छ ।

फुदुङको घर परिसर निकै ठूलो छ र बगौंचा पनि छ । त्यहाँ केही समय अघि रिपोर्ट समेत सञ्चालनमा थियो । त्यसबेला रिसोर्टमा काम गर्ने रञ्जु (सूजिता) ठकुरी आइतबार मृत भेटिएकी थिइन् ।

उनको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिएको छ । तर, कपडा समेत नभिजेको र शरीरमा निलडाम रहेको भन्दै स्थानीयबासीले मृत्यु शंकास्पद भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्