नराम्रो सँग हारेका कमल थापाले मुख खोले, ‘राप्रपालाई नियोजितढंगले पराजित गरीयो’



हेटौंडा, (नेस) । स्थानीय निकायको पहिलो चरण निर्वाचनमा अपेक्षाकृत नतिजा निकाल्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई नियोजितढंगले पराजित गर्ने काम भइरहेको दाबी गरेका छन् ।

राप्रपा मकवानपुरले मंगलबार गुहनगर हेटौंडामा गरेको जिल्ला कार्यकर्ता भेलामा अध्यक्ष थापाले राप्रपा कमजोर हु“दा देशको स्वाधिनता र हिन्दुत्व कमजोर हुने भन्दै राष्ट्रियता, प्रजातन्त्र र हिन्दुत्वका लागि राप्रपा बलियो हुनु जरुरी रहेको दाबी गरे । स्वदेशी शक्ति र विदेशी एजेण्ट नियोजितढंगबाट राप्रपालाई हराउने काममा सक्रिय रहेको उनले बताए । अध्यक्ष थापाले निश्चित दल, व्यापारी, बुद्धिजीवी र विदेशी एजेण्टले राप्रपामाथि निरन्तर प्रहार गरिरहेको दाबी गरे ।

‘राप्रपा श्रीखण्डको बिरुवा हो, यसलाई हुर्काउन गाह्रो हुन्छ,’ भन्दै उनले त्यसैले हरेश नखाएर मेहनत गर्न कार्यकर्तास“ग आग्रह गरे । आफूहरु स्वाधिनता र निष्ठाको लडाईंमा रहेको भन्दै थापाले भने– उच्च मनोवलसाथ अगाडि बढौं, गन्तब्यमा पुगिन्छ । उनले पार्टीस“ग जनमत भए पनि त्यसलाई भोटका रुपमा रुपान्तरण गर्नु पहिलो चुनौती देखिएको बताए । जस्तोसुकै राजनीतिक ब्यवस्था आए पनि राष्ट्रवादको सिद्धान्त कहिल्यै नमर्ने उनले टिप्पणी गरे ।

उनले योगजनावद्धढंगबाट नेतृत्व र पार्टीको चरित्रहत्या गर्ने काम भएको भन्दै यसबारे जनतालाई बुझाउन कार्यकर्तास“ग आग्रह गरे । उनले राप्रपा बलियो भए हिन्दुराष्ट्र र राजतन्त्रको अभियान सफल हुने भएकाले नियोजितढंगबाट राप्रपालाई कमजोर बनाउने काम भएको बताए ।

उनले पहिलो चरणको निर्वाचनमा राप्रपाले अप्रत्यासित नतिजा व्यहोर्नु परे पनि दोस्रो र तेस्रो चरणमा सुधार हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनमा पराजित भए पनि आफ्नो एजेण्डा नहारेको भन्दै चन्द्रसूर्य रहुञ्जेल हिन्दुराष्ट्रको एजेण्डा बोकिरहने बताए । उनले आफूले अहिले पनि नहारेको भन्दै अभियान टुंगोमा पु¥याउने दाबी गरे ।

जिल्ला अध्यक्ष सांसद् गणेश थापाको सभाध्यक्षतमा भएको कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य मधु अधिकारी, जिल्ला उपाध्यक्ष शिवराम थापा, जिल्ला सदस्य सीताराम बर्तौला, ४ नम्बर क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाबाट थाहा नगर मेयर उम्मेदवार हरेराम कार्की र हेटौंडा उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्