रुकुममा जिल्ला सभाको बैठक अन्यौलमा



एलडिओ भन्छन् : एक जिल्ला दुई प्रदेशमा छ, एउटामा चुनाव भइसक्यो अर्काेमा हुँदैछ कसरी बैठक बोलाँउ ?
धनवीर दाहाल, रुकुम ।
नेपालको संबिधानमा स्थानीय तहको निबार्चन भएको ३० दिन भित्र जिल्ला सभाको बैठक बोलाउनुपर्ने उल्लेख गरिएको छ ।

सोही अनुसार निबार्चन आयोगले पनि स्थानीय तहको निबार्चन सम्पन्न भएका जिल्लाहरुलाई ३ दिन भित्र जिल्ला सभाको बैठक बोलाएर जिल्ला समन्वय समितीको संख्या निर्धारण गरेर पठाउन शोमबार निर्देशन दिइसकेको छ । तर रुकुम जिल्ला यस्तो जिल्ला हो जुन जिल्ला दुई प्रदेशमा छ । प्रदेश नं ६ मा रहेका ६ स्थानीय तहको निबार्चन भइसकेको छ भने प्रदेश नं ५ मा रहेका ३ स्थानीय तहको निबार्चन बुधबार हुँदैछ ।

निबार्चन आयोगले ३ दिन भित्र जिल्ला सभाको बैठक बोलाउन शोमबार नै आग्रह गरेको छ । अव कसरी जिल्ला सभाको बैठक बोलाउने रुकुममा एक खालको अन्यौलता पैदा भएको छ । रुकुम जिल्ला टुक्रिएपछि अन्यौलता खेप्दै आएका रुकुमबासीले यस पटक त जिल्लाका प्रभुत्व व्यक्तिहरुलाई समेत अन्यौलता पैदा गरिदिएको छ ।
नेपालको संबिधानको अनुसुचीमा समेत रुकुमलाई पुर्वी रुकुम र पश्चिम रुकुम भनेर किटान गरिएको भएपनि कहाँदेखी पुर्व र कहाँदेखी पश्चिम भनेर तोकिएको छैन । जसले गर्दा निबार्चनमा समस्या भएको भन्दै निबार्चन आयोगले सरकारलाई स्पष्ट पार्न अनुरोध गरेको थियो । निबार्चन आयोगको ध्यान आर्कषण पछि रुकुमको साविकको स्यालापाखा गाबिसलाई समेत टुक्राएर भलखोलादेखी पुर्व (जस अन्र्तगत साविकका पोखरा,सिस्ने,प्वाङ लगाएतका गाबिसलाई) मा दोस्रो चरणको निवार्चन गर्ने निर्णय गर्यो । सोही अनुरुप बुधबार सिस्ने गाँउपालिका, पुथाउत्तरगंगा गाँउपालिका र भुमे गाँउपालिकामा निबार्चन हुँदैछ ।

तर संबिधानमा थप जिल्लाको कुनै प्रावधान नभएको, पुर्वी रुकुम अरु कुनै जिल्लामा नगाभिएको र रुकुम एउटै जिल्ला नभएको यो अन्यौलपुर्ण अवस्थामा कसरी जिल्ला सभा गठन गर्ने र जिल्ला समन्वय समिती बनाउने भन्नेमा निति निर्मातादेखी स्थानीय सम्म जवाफबिहिन भएका छन् ।
स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले एक जिल्ला दुई प्रदेशमा छ, एउटामा चुनाव भइसक्यो अर्काेमा हुँदैछ कसरी बैठक बोलाँउ भनेका छन् । नेपालसमाचार पत्रसँग कुरा गर्दै स्थानीय विकास अधिकारी रानाले रुकुमको बिषयमा पटक पटक मन्त्रालयमा पनि ध्यानआर्कषण गराएको र निबार्चन आयोग समेत जानकारी गराएको भएपनि कतैबाट चित्तबुझ्दो सुझाव नआएको बताए ।

उनले भने “यो रुकुमको बिषयमा सरोकार राख्ने निकायबाट चित्तबुझ्दो जवाफ आएको छैन ।” स्थानीय विकास अधिकारी रानाले निबार्चन भएका स्थानीय तहको मात्र बैठक बोलाउने या निबार्चन हुँदै गरेका स्थानीय तहलाई पर्कने आफु द्धिविधामा रहेको प्रतिक्रिया दिए । तर उनले निबार्चन सम्पन्न भएकालाई मात्र समेटेर जिल्ला सभाको बैठक बोलाउनको लागी सुझाव मागिरहेको जानकारी दिए । उनले थपे “कि मलाई स्पष्ट निर्देशन दिनु पर्यो कि त मैले निबार्चन सम्पन्न भएकाको मात्र बैठक बोलाउँछु ।”

 

प्रतिक्रिया दिनुहोस्