पाल्पामा बस दुर्घटना, एकको मृत्यु



रामपुर (पाल्पा), १३ असार । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हँुदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बसमा कति यात्रु थिए भन्ने र दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्