आफैंले बोकेको बम विस्फोट हुँदा धनगढीमा विप्लव माओवादीका एक कार्यकर्ताको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक कार्यकर्ताको आफैँले बोकेको बम विस्फोटमा मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिकामा रहेको खानेपानी कार्यालयमा बम विस्फोट गराउन जाँदै गर्दा आफैंले बोकेको बम विस्फोट भएको बताइएको छ ।

विस्फोटबाट घाइते भएका चन्द्र सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार घाइते अबस्थामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक सिंहले बोकेको बम पड्किँदा उनको शरीर नै क्षतविक्षत भएको छ । विप्लव नेतृत्वको माओवादीले चुनाव विथोल्न विभिन्न स्थानमा बम विस्फोट गराउँदै आएको छ ।

माओवादी केन्द्रको जुलुसलाई लक्षित गर्दै नवलपरासीमा विस्फोट गराउने विप्लवका चार कार्यकर्ता पनि सोमबार बेलुका पक्राउ परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्