डुबेर तीन बालबालिकाको मृत्यु



 

नेपाल समाचारपत्र
भोजपुर
अरुण गाउँपालिका–३ बस्ने चेतनाथ फुयालकी छोरी १३ वर्षीया सुष्मा फुयाल, उनकै छोरा ८ वर्षीय प्रदीप फुयाल र सोही ठाउँ बस्ने रवीन्द्र सापकोटाका छोरा १४ वर्षीय रञ्जित सापकोटा सोही ठाउँस्थित तोरणबहादुर कार्कीको माछापोखरीको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन्। आइतबार दिउँसोदेखि हराई बेपत्ता भएका उनीहरूको खोजी गर्ने क्रममा उक्त पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्