बाँसमा कपडा बेरेर ‘शवयात्रा’



हेटौंडा, (नेस) । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सोमबार विहान निस्किएको एक ¥यालीले सडक तथा सवारी यात्रुको ध्यान खिच्यो ।
लागुऔषध प्रयोग गरे मृत्युको शिकार बनिने सन्देश दिन बा“समा कपडा बेरेर निकालिएको प्रतीकात्मक शवयात्राको दृष्यले दर्शकको मन छोएको थियो । लागुऔषध प्रयोग गर्दा र ओसारपसार गर्दा प्रहरीले नियन्त्रणमा लिएर हतकडी लगाउने गरेको दृष्यलाई पनि ¥यालीमा प्रदर्शन गरिएको थियो ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार हेटौंडामा प्रभातफेरी गरिएको हो । लागुऔषध प्रयोगकर्ता बढ्न थालेपछि चेतना जगाउन जिम्मेवार भएर लाग्नुपर्ने सन्देश दिने उद्धेश्यले कार्यक्रम गरिएको हो ।

जिल्ला लागुऔषध नियन्त्रण अभियान समिति मकवानपुरको आयोजनामा तथा रिकभरिङ नेपाल, मकवानपुर रिकभरिङ समूह, सिआन पुनस्र्थापना केन्द्र, प्रेरणा नेपाललगायत संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको ¥यालीले बसपार्क, टीसीएनरोड, सीमाचोकहु“दै बुद्धचोकमा कोणसभामा परिणत भएको थियो । ¥यालीमा पूर्वलागुऔषध प्रयोगकर्ता, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

 

कार्यक्रमको समापनमा लागुऔषध दुव्र्यसनबाट देखापरेका समस्याका विषय समेटिएको सडकनाटक प्रस्तुत गरिएको थियो । विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार लागुऔषध भनेको कुनै पनि किसिमको रासायनिक पदार्थ हो, जुन स्वास्थ्य शरीरको लागि प्रयोग गर्न आवश्यक छैन । र, यसको प्रयोगले शारीरिक कार्य तथा मानिसको व्यवहारमा परिवर्तन ल्याउनसक्छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवणसमेत मिलाई तयार गरिने पदार्थ हो ।

जिल्ला लागुऔषध नियन्त्रण अभियान समिति मकवानपुर अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मादुवाडीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वसन्तकुमार लामा, प्रहरी नायव उपरीक्षक वामदेव गौतम, मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, सामाजिक विकास अधिकृत रामकृष्ण थापा, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, महिला तथा बालबालिका कार्यालय मकवानपुर प्रमुख शोभा शाह र हेटांैडा उपमहानगरपालिकाका प्रवन्धक भीम तिमल्सिनालगायतले दुव्र्यसनबाट बच्न आग्रह गरेका थिए ।

पछिल्ला वर्षमा मकवानपुरमा लागुपदार्थ दुव्र्यसनीको संख्या वृद्धि भएको छ भने यसमा कार्य गर्ने संस्था पनि थपिएका छन् । देशका ठूला सहरमध्ये हेटौंडा पनि लागुऔषध दुव्र्यसनको प्रमुख १० सहरभित्र पर्छ । विभिन्न समयमा पक्राउ परेका युवा र लागुऔषधले पनि हेटौंडा लागुऔषध दुव्र्यसन र कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको देखाएको छ ।¬

प्रतिक्रिया दिनुहोस्