गुल्मीका २ मतदान केन्द्र नजिकै बिस्पोटक पदार्थ पड्कीयो



अनिल खत्री, गुल्मी । गुल्मीमा गएराती दुई मतदान केन्द्रमा अज्ञात समुहले बम बिस्पोट गराएको छ । मदाने गाउँपालिका ७ को दिपक माविको बुथ नजिक र वडा नं ६ को टिम्मुरखर्क निमाबि बुथ नजिकै आइतबार राति ११ बजेको समयमा बम बिस्फोट बम बिस्फोट भएको निर्बाचनमा खटिएका तारा बहादुर राउतले जानकारी दिए ।

 

मतदान केन्द्रबाट करिव २ सय मिटर माथी जंगलमा रातिको समयमा जनतालाई आतंकित पार्ने उदेश्यले गाउँनै थर्किने गरि कुनै चिज फड्किएको मतदान अधिकृत राउतले बताए । उनीहरुले राति केहि न केहि बिस्फोटक पदार्थ पडकाएको तर बम वा अरु भन्ने अनुसन्धान भैरहेको शसस्त्र प्रहरी प्रमुख दिगबिजय सुवेदीले बताए ।

 

घटना स्थलमा हेरेर टोली फर्किएको छ उनले भने ‘पडकिएको ठाउँवरिपरि कुनै केहि देखिएको छैन् यस बारे थप अनुसन्धान गर्दछौं ।’ निर्वाचनलाई आतंक फैलाउने उदेश्यले कुनै बस्तु ल्याएर पडकाएको हुनसक्छ डिएपी सुबेदीले भने ‘बम नै हो भनेर भन्न मिल्दैन् ।’

 

उनीहरुलाई तत्काल खोजी गरेर पक्राउ गर्न सवै मातहतलाई निर्देशन गइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक भोला रावलले बताए । निर्वाचनलाई आतंक फैलाउने उदेश्यले बिप्लभ समुहका कार्यकर्ताबाट भएको हुनसक्ने प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्