आगलागीबाट धनमाल क्षति 



नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं 
कागेश्वरी नगरपालिका–२ आलापोटस्थित ६६ वर्षीय पुर्णबहादुर श्रेष्ठको टहरामा खाना पकाउने क्रममा ग्यास लिक भई सोमबार आगलागी हुँदा टिभी, लत्ताकपडा तथा बिभिन्न सरसामान जलेर करीव ३ लाख ८२ हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
सर्लाही 
लालबन्दी नगरपालिका–७ तरकारी बजार नजिक रहेको राधा कार्कीको राधा सु–सेन्टरमा बिद्युतको तार सर्ट भई आइतबार आगलागी हुँदा झोला, टोपी, जुत्ता र चप्पल जलेर करीव ३ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको धनमाल क्षति भएको छ । स्थानियवासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्