विभिन्न स्थानमा धनमाल चोरी



नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं  गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने टिकाराम खनालको घरको ढोका खुल्लै रहेको र घरमा कोही नभएको अवस्थामा करीव १ लाख ५० हजार रुपैयाँ मुल्य बराबरका ३ तोला सुनका गरगहना आइतबार  चोरी भएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बोडे चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रविसेका रामकुमार श्रेष्ठको कोठामा रहेको नगद ९९ हजार ५ सय रुपैयाँ, टिभी १ थान, घडी १ थान र मोवाईल २ थान समेत गरी करीव १ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल झ्यालबाट प्रवेश गरी गएराति चोरी भएको छ । चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्