जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।

तारकेश्वर नगरपालिका–८ जरंखुस्थित आफ्नै डेरा कोठामा सोही ठाउँ बस्ने झापा सरूङ्गा–६ की १३ वर्षीया बालिकालाई असार ९ गते राति जबरजस्ती करणी गरेको अभियोगमा भारत मधुवनीका १८ वर्षीय महोमद आरीफलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्