नतिजा ढिलाइले परीक्षार्थी चिन्तित



हेटौंडा, (नेस) । मकवानपुरबाट गत चैतमा भएको एसईई ग्रेडबृद्धि परीक्षामा सहभागी करिब ३ सय परीक्षार्थीको नतिजामा ढिलाइ भएको छ । चार धारमध्ये ३ धारको नतिजा आए पनि आंशिकतर्फ परीक्षामा सहभागी भएकाको नतिजामा ढिलाइ भएको हो ।

नियमित, एक्जाम्प्टेड र प्राविधिक धारको नतिजा केही दिनअघि मात्र परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको हो । प्राविधिक धारतर्फको नतिजा आइतबार प्रकाशन गरिएको मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी हुमनाथ शर्माले बताए । उनका अनुसार विविध कारणले यस्तो अवस्था आएको हो ।

उनले नतिजा आउन बा“की परीक्षार्थीले राम्रो मौका पाउने वा नपाउने भन्ने निश्चित छैन । उनले कतिपय परीक्षार्थीले परीक्षा दिनुपर्ने अवस्था नदेखिए पनि परीक्षा दिएको तर परीक्षा दिनुनपर्ने अवस्थाका परीक्षार्थीले भने परीक्षा दिएको पाइएको बताए ।

एसईईको नतिजापछिको यस वर्षको मौका परीक्षाको मिति नजिकि“दैछ । तर, २०७३ मा ग्रेडवृद्धिका लागि परीक्षा दिएका परीक्षार्थीको भने अझसम्म नतिजा सार्वजनिक गरिएको छैन । पुनः ग्रेडवृद्धि आवश्यक भए उनीहरुले त्यो मौका परीक्षा दिन पाउने कि नपाउने भन्नेमा अन्योल कायम छ । नतिजा कहिले आउने भन्ने जिज्ञासाले परीक्षार्थी अन्योलमा छन् ।
ती परीक्षार्थीको भविष्यमाथि परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको अभिभावकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्