रञ्जना लिपिको प्रशिक्षण



 

भक्तपुर, १२ असार । मध्यपुरथिमिमा दुईमहिने नेपाल भाषा प्रचलित लिपि र रञ्जना लिपिको प्रशिक्षण सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ, मध्यपुरथिमि नगर समन्वय परिषद्ले लिपिको संरक्षणका लागि प्रशिक्षण सुरु गरेको हो । मध्यपुर नगरपालिकाको सहयोगमा थिमिको जनआदर्श क्याम्पस शङ्खधर चोकमा सुरु भएको प्रशिक्षण आगामी साउन महिनासम्म सञ्चालन हुने परिषद्का सदस्य प्रदीप जामनः श्रेष्ठले जानकारी दिनुभयो । परिषद्का अध्यक्ष हरिबहादुर श्रेष्ठले आदिवासी जनजातिका भाषाका लिपि राष्ट्रको सम्पत्ति भएकाले यसलाई राज्य र अन्य निकायले संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्