रैथाने बालीको प्रवद्र्धन गर्न पत्रकार प्रतिवद्ध



कालीवहादुर मल्ल, कालिकोट ।
यस जिल्लामा लोपन्मुख अवस्थामा रहेको रैथाने बाली तथा खाद्य वस्तुको उत्पादन, संरक्षण तथा प्रवद्र्धनका लागि कालिकोट जिल्लाका सञ्चारकर्मी प्रतिवद्ध भएका छन ।

कर्णाली कृषि तथा खाद्य सरोकार समूह (कफाग) कालिकोटको ओजनामा मंगलवार आयोजित वर्तमानमा कृषिको अवस्था र पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिवद्धता आएको हो ।

कफागका संयोजक कालीवहादुर मल्लको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालीवहादुर मल्लको अध्यक्षतामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा आयतित र विषदी प्रयोग गरिएका खाद्य वस्तुवाट स्वास्थ्यलाई हुन जाने नोक्सान,कफागले, रसयानिक विषादी र मलका वेफाइदाका वारेमा छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महासंघ अध्यक्ष पाण्डेले आयातित खाद्य वस्तुमा भन्दा पनि आफनै अर्गानिक मौलिक वालि उत्पादनमा सवै जागरुक हुनु पर्ने धारणा रखेका थिए ।

कर्णाली कृषि तथा खाद्य सरोकार समूहले कर्णालीको भूगोल र विषेशता मैत्री कृषि निति, अगौनिक क्षेत्र घोषण र स्थानीय रैथाने वाली तथा प्रकृतिक श्रोत साधनको संरक्षणका वारेमा वकालत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्