सुदूरमा निर्वाचनको सुरक्षा ब्यबस्था कडा, नेपाली सेना तम्तयार



विमल विष्ट, डोटी ।

७ नं. प्रदेशका क्षेत्रीय सुरक्षा समितिका संयोजक तथा क्षेत्रीय प्रशासक शुशिल कुमार ढुंगानाले सुदूरपश्चिममा सुरक्षाको सम्पूर्ण ब्यवस्था मज्बुद बनाएको बताउनु भयोे ।

क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी उहाँले ७ नं. प्रदेशका मतदाताहरुका लागि घरदेखि घरसम्म सुरक्षा ब्यवस्था मिलाइएको बताउनु भएको हो ।

मतदान गर्न घरबाट निस्के देखि मतदाता हिड्ने बाटो, मतदान स्थलबाट घर नफर्किदा सम्म सुरक्षा दिनसक्ने सम्पूर्ण प्रबन्ध गरेको बताउनु हुदै क्षेत्रीय प्रशासक ढुंगानाले भन्नु भयो –‘मतदाताले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गरे हुन्छ, हामीले १५÷१५ मिनेटको दुरीमा अप्ठेरा र जोखिम ठाउ“मा सुरक्षाकर्मी भेटिने गरी ब्यवस्था मिलाई सकेका छौं,कसैले छिसिक्क गर्न खोजे क¥याप झयाप गरिन्छ ।’

प्रत्येक स्थानिय तहमा सेनाको बख्तरबन्द गाडी, बम डिस्पोजल टोलीहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका अधिकृतहरुको कमाण्डमा तीन तहको घेरामा सुरक्षाकर्मीहरु परिचालन भइसकेको जानकारी दिइएको छ ।

त्यस्तै अति सम्बेदन सिल क्षेत्र मानिएका यहाँका निर्वाचन क्षेत्रहरुमा नेपाली सेनाको युद्ध भैरब गण तथा सेन्जर बटालियनको स्फेसल फोर्स परिचालन गरिएको छ । पत्रकार सम्मेलनमा सुदूरपश्चिम पृतना दिपायल, राजपुरका पृतनापति दीपक प्रसाद भारती, नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख रोजेन्द्र देउजा, शसस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख डिआइजी खड्ग बहादुर राई, र राष्ट्रिय अनुसन्धान सुदूरपश्चिमका निमिक्त प्रमुख टेक बहादुर कार्कीको समेत उपस्थिती रहेको थियो ।

७ न. प्रदेशका ८८ स्थानिय तहमा २२ हजार ७ सय सुरक्षाकर्मी र १६ हजार ८ सय निजामति कर्मचारी निर्वाचन सम्पन्न गराउन खटिएको क्षेत्रीय सुरक्षा समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्