बलात्कारपछि हत्या गर्ने ६ वर्ष पछि पक्राउ



दिपक रिजाल, काठमाडौ ।
६ बर्ष अघि रामेछापको तत्कालिन सैपु गाविस १ सिरिसेमा बलात्कारपछि हत्या भएको घटनाका मुख्य अभियुक्तलाई पक्राउ गरी मध्यक्षेत्र प्रहरी कार्यालय हेटौडाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

२०६८ माघ ५ गते १४ बर्षीया बालिका सुन्तली तामाङलाई अभियुक्त श्याम राउतले बलात्कार गरी हत्या गरेर सुन्तलीलाई लिखु खोलामा बगाइदिएका थिए ।

घरबाट घांस काट्न किस्केकी सुन्तलीको शव १४ दिन पछि फेला परेको थियो । प्रहरीले उक्त हत्या काण्डमा संलग्न रहेका राउतलाई पक्राउ गरेको भएपनि अनुसन्धान नै नगरी छाडिदिएपछि अभियुक्त भाग्न सफल भएको मध्यक्षेत्र प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश केसीले जानकारी दिनुभयो ।

तत्कालिन रामेछापका प्रहरी प्रमुख संजिव शर्मा दासले घटनाको अनुसन्धान नगरेको कारण उक्त घटनाले राष्ट्रब्यापी रुपमा चर्चा पाएको थियो ।

तीन महिना अघिबाट पुन अनुसन्धान गरेको प्रहरीले अभियुक्तलाई दक्षिण भारतको अन्दामान निकोबार टापुबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्