ग्लोबल आईएमईले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने



????????????????????????????????????

 

काठमाडौं, (नेस)
ग्लोबल आईएमई बैंकको विशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी विषेश प्रस्ताव पारित गरेको छ। बैंकको काठमाडौंमा बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो।

११ वर्षदेखि कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब १ करोड ४ लाख रहेको छ। सभाले रिलायबल डेभलपमेन्ट बैंकको सय कित्ता शेयरलाई ग्लोबल आईएमई बैंकको ८२ दशमलब ९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव पारित गरेको छ। सो प्राप्तिपश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटीएम ११४, ५ वटा एक्सटेन्सन काउन्टर, ४६ शाखारहित बैंकिङ सेवा तथा ग्राहक संख्या ७ लाखभन्दा बढी पुग्नेछ। साथै असार मसान्तसम्ममा दुबै बैंकबीच एकीकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्