चीनको नयाँ जलट्यांकले अमेरिकालाई पछाडि पार्यो



 

बेइजिङ, (एजेन्सी)
चीनले पानीमा सबैभन्दा तीव्र बेगमा कुद्ने ‘एम्फियस आम्र्ड भेइकल’ विकास गरेको छ। यो पानीको यात्रा गरी स्थलमा पनि परिचालन गर्न सकिने सशस्त्र सैन्य गाडी हो।

चिनियाँ सञ्चारमाध्यमहरूले यसलाई समुद्रमा तैरिन सक्ने जलट्यांक भएको र शान्त पानीमा यसको गति ५० किलिमिटर प्रतिघण्टा रहेको दाबी गरेको छ। यसको विकाससँगै चीनले पानीमा चल्ने सैन्यवाहनको मामिलामा अमेरिकालाई पछाडि पारेको छ। अमेरिकाको यस प्रकारको सैन्यवाहन अर्थात् वाटर आर्मी भइकलको गति १० देखि १२ किलोमिटर प्रतिघण्टा मात्र रहेको छ।

पानी र स्थल दुवैमा चल्ने उक्त सैन्यवाहन नर्थ चीन इन्स्टिच्युट अफ भेइकल रिसर्चले विकास गरेको हो। हाल यसमा आधुनिक हतियार जडान गर्ने प्रक्रियामा काम भइरहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएको छ। यसमा केही सुधारपछि घातक ट्यांक पनि जडान गर्न सकिने हुने जुन शत्रुको युद्धपोतका लागि सबैभन्दा खतरनाक सावित हुनेछ।

यसमा आधुनिक ट्यांक जडान भएपछि यसको गतिमा केही कमी आउनेछ। त्यसको बावजुद यसको गति १९ देखि २० किलोमिटर प्रतिघण्टा हुनेछ। यो अमेरिकाको एम्फिबियन आम्र्ड भेइकलको बेगभन्दा दुईगुणा हो।

अमेरिकाले विकास गरेको एम्फिवियन आम्र्ड भेइकलको कुद्ने क्षमता १०–१२ किलोमिटर प्रतिघण्टा भन्दा बढ्न सकेको छैन। कम्प्याक्ट पम्प जेटको मद्दतबाट चल्ने यो सबैभन्दा हलुका वाहन हो। यसलाई कुनै परिस्थितिमा नडुब्ने गरी डिजाइन गरिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्