अव्यवस्थित फुटपाथ पसल हटाइयो



 

नेपाल समाचारपत्र
काठमाडौं

 

 

काठमाडौं महानगरपालिका वडा नम्बर १९ र २० अन्तर्गत अशोक विनायक मन्दिरदेखि मरूहिटी टोलसम्म शनिबार सरसफाइ गर्नुका साथै फुटपाथ पसलहरू हटाइएको छ।

त्यस वरिपरि अव्यवस्थित तरिकाले राख्दै आएका फुटपाथ पसल र त्यस क्षेत्रमा लागू पदार्थ दुव्र्यसनीहरूको अखडाका रूपमा विकास हुँदै गइरहेका कारण बाटोमा बटुवा र सवारीसाधन आवत–जावत गर्न असहज स्थिति भएकाले फुटपाथ पसलहरू हटाइएको एक स्थानीयले बताए।

यस्तै सरसफाइ र फुटपाथ हटाउने कार्यक्रममा हनुमानढोका दरबार संरक्षण कार्यक्रम, जनसेवा प्रहरी प्रभाग, २० नम्बर वडा कार्यालय, कान्तिपुर विकास समिति, अशोक विनायक मार्ग टोल सुधार समिति, १९ नम्बर वडा कार्यालय, मरुहिटी क्लब, मरू त्वा पुचः र जागरुक युवा स्पोर्टस् क्लब सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्