प्रगतिशील पार्टी रोज्नुको विकल्प छैन – उपेन्द्र



 

पथरी (मोरङ), १० असार । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकको विकासका लागि प्रगतिशील पार्टी रोज्नुको विकल्प नभएको बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र)ले आज विराटनगरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगतमा एमाले र काँग्रेसले मुलुक बिगारेको आरोप लगाउँदै अब मुलुक बनाउन आफ्नो पार्टीलाई जनमत चाहिएकाले माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले मुलुकको समृद्धिका लागि प्रगतिशील शक्तिलाई नै मतदान गरेर जिताउन आग्रह गर्नुभयो । उहाँले मुलुकलाई हिजो बिगार्नेले अब सपार्न नसक्ने बताउँदै अब प्रगतिशील शक्तिलाई नै मत दिएर जिताउन आग्रह गर्नुभयो ।

विराटनगरमा आज माओवादी केन्द्र र सङ्घीय गठबन्धनको संयुक्त चुनावी सभा भएको थियो । विराटनगर महानगरपालिकाको प्रमुखमा सङ्घीय समाजवादी फोरमका नेता उमेश यादव र उपप्रमुखमा माओवादी केन्द्रकी नमिता न्यौपानेको गठबन्धनको उम्मेदवारी परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्