गोरखाका ५० बृद्धबृद्धा सम्मानित



सन्तोष अधिकारी, गोरखा । गोरखा नगरपालिकाका ५० जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन् ।

गोरखा नगरपालिका भित्रको साविक वडा नम्बर ३ का जेष्ठ नागरिकहरुलाई नेपाल सरकारको लक्षित बर्ग अन्तरर्गतको रकम बाट जेष्ठ नागरिकहरुलाई सम्मान गरीएको छ । जेष्ठ नागरिक वडा समितिको आयोजना तथा गोरखा नगरपालिकाको ५० हजार आर्थिक सहयोगमा साविक वडा नम्बर ३ का ५० जना बृद्व बृद्वाहरुलाई सम्मान गरीएको हो ।

जघनसिंह तमुको अध्यक्षतामा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथी एवं जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठले जिल्लामा जेष्ठ नागरिकका लागि भनेर आउने लक्षित बर्गको रकम दुरुपयोग भएकोमा चिन्ता गर्दै आगामी दिनमा जनप्रतिनिधीले त्यस्तो काम नगर्न सुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्