२५ जनाको आँखाको ज्योती फर्कियो 



नेपाल समचारपत्र, पर्वत ।   बुढेसकालमा मोतीयाबिन्दुका कारण आँखा नदेख्ने समस्या भोगेका  पर्वतका २५ बृद्धको  आँखाको ज्योती फर्किएको छ ।

पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबहरुको सहयोगमा निशुल्क मोतीया बिन्दुको अप्रेशन भएपछि बृद्धहरुको आँखाको ज्योती  फकिएको हो ।

लामो समय समय सम्म गाउँमै उपचारको अभाबमा अन्धोपन पालेर बसेका बृद्धहरुले बुढेसकालमा राम्रो संग संसार देख्न  पाएकोमा भएका छन ।
पर्वत जिल्ला अस्पतालमा दुई दिन सम्म चलेको शिबीरमा २५ जना बृद्धको एक वटा र एक जना बृद्धको दुई वटै आँखामा लागेको मोतिया बिन्दुको अप्रेशन गरिएको लायन्स क्लब अफ शिबालयका पुर्ब अध्यक्ष बसन्तुकमार कर्मार्चायले जानकारी दिनुभयो । पर्वतको उत्तरमा पर्ने जलजला गाउँपालिकाको  लेकफाँट तथा कुस्मा नगरपालिकाको ज्ञादी र कुस्मामा चार दिन सम्म शिबीर सञ्चालन गर्ने क्रममा मोतिया बिन्दुको समस्या भएका बृद्धहरुको निशुल्क अप्रेशन गरिएको कर्माचार्यले बताउनुभयो  ।

पर्वतका पाँच लायन्स क्लब र एक लियो क्लबको आयोजनामा भएको शिबीरमा ८ सय जनाको आंखा जाँच गरिएको छ भने जलजला गाउँपालिकाका १ सय ५० जनालाई निस्शुल्क औषधि तथा चश्मा वितरण पनि गरिएको छ । शिबीरमा हिमालय आँखा अस्पताल पोखराले निशुल्क अपरेशनको व्यवस्था गरिदिएको थियो । अस्पतालकी नेत्ररोग बिशेषज्ञ  डा. वविता गुरुङ्गको नेतृत्वमा स्वास्थ्यकर्मीले अप्रेशन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्