कीर्तिपुर नपाको निरक्षरता उन्मूलन गर्ने प्रतिबद्धता



 

काठमाडौँ, १० असार । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले आगामी पाँच वर्षभित्र नगरपालिकाभित्र निरक्षरता उन्मूलन गर्ने बताउनुभएको छ ।

टौदहस्थित शुभकामना एकेडेमी विद्यालयले जनप्रनितिधिको सम्मान र हालै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल विद्यार्थीको बिदाइ गर्न आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा नै मानव विकासको मुख्य साधन भएकाले आफ्ना सबै नगरवासी साक्षर हुन् भन्ने लक्ष्यका साथ कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो । सो नगरमा करिब ४० प्रतिशत निरक्षरता छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष एवम् प्राचार्य विजयराज आचार्यले नवनिर्वाचित प्रमुख महर्जन, उपप्रमुख सरस्वती खड्का, वडा नं ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन र वडा सदस्यलाई सम्मान गर्नुभएको थियो ।

यस्तै, सो विद्यालयबाट हालै एसइई परीक्षामा सफल सबै २४ जना विद्यार्थीलाई बिदाइ गर्नुभयो । अध्यक्ष आचार्यले नगरपालिकाले जिम्मा दिएमा सो वडाको निरक्षरता उन्मूलनको कार्य पूरा गर्न विद्यालय तयार रहेको विश्वास दिलाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्