दिल्लीबाट नेपाली चेलीको उद्धार



सीताराम चौधरी, कपिलवस्तु ।
धनको प्रलोभनमा परी झण्डै दुई साता अघि भारतको दिल्ली पु¥याइएकी एक नेपाली किशोरी नेपाल फर्किएकी छन् ।
कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृहका कार्यक्रम संयोजक भूमिराज भट्टराई नेतृत्वको टोली भारतको दिल्ली पुगी किशोरीको उद्धार गरी नेपाल फर्काएको हो । उद्धार गरिएकी किशोरी नवलपरासी हुप्सेकोट गाउँपालिका ७ बस्ने २४ वर्षीय धनमाया (नाम परिवर्तन) रहेकी छन् ।

सानैमा बाबुआमाबाट बिछोडिएकी धनमाया दाजुभाउजुको काखमा हुर्किएकी हुन् । कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएकी धनमाया गैंडाकोटमा काम गर्दै आएकी थिइन् । लामो समयदेखि गैडाकोटमै काम गरी बसेकी धनमाया एक विचौलियाको प्रलोभनमा भारतमा बेचिन पुगिन् । घर जान्छु भनी गैंडाकोटबाट हिँडेकी धनमायालाई एजेण्टले राम्र काम लगाइदिने प्रलोभन देखाई दिल्लीको एक होटलमा पु¥याएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

 

दिल्लीबाट कसैको फोनबाट गैंडाकोट घरबेटीलाई मलाई बचाउनुस् भनी फोन गरेपछि मात्र बेचिएको थाहा भएको भट्टराईले बताउनुभयो । घरबेटीले दिल्लीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रलाई फोन गरी उद्धारका लागि गुहार मागेको बताइएको छ । त्यो संस्थामार्फत काठमाडौंमा रहँदै आएका देबेन्द्र भट्टराईलाई खबर आएको र भट्टराईमार्फत पीआरसीका भूमिराज भट्टराईले पाएको जानकारी अनुसार दिल्ली पुगेर किशोरीको उद्धार गरेको बताइएको छ ।

 

उद्धार गरी नेपाल फर्काइएकी धनमायालाई अहिले पीआरसी कृष्णनगरको सुरक्षित गृहमा राखिएको भट्टराईले जनाएका छन् । किशोरीलाई आइतबार नवलपरासी लगी परिवारको जिम्मा लगाउने उहाँले बताउनुभयो । किशोरीलाई भारत पु¥याउने विचौलिया विरुद्ध अनुसन्धान अघि बढाइएको भट्टराईले जानकारी दिनुभएको छ ।

मानव तस्करीका दुई विचौलियालाई १० वर्ष कैद फैसला

मानव तस्करीका दुई विचौलियालाई कपिलवस्तु अदालतले जेल चलान गरेको छ । जेल चलान हुनेमा भारतको बलरामपुर नयाँवस्तीका ५८ वर्षीय जफर अहमद र दाङ घर भएकी ३४ वर्षीय मीना घोरही रहेका छन् । जिल्ला अदालतका खडक बहादुर के.सी.को इजलासले अभियुक्तलाई १० वर्ष कैद र ५० हजार जरिवाना सहित फैसला गरेको हो ।

 

दाङ घर भएकी १८ वर्षे आशा (नाम परिवर्तन) लाई मीना भनिनेले जफर अहमदलाई नक्कली डाक्टर बनाई विवाह गरिदिने प्रलोभनमा पारेकी थिइन् । विवाहको बहानामा भारततर्फ लैजाने क्रममा केआई नेपालले सीमानाका कृष्णनगरबाट किशोरीलाई उद्धार गरेको थियो । साथै ती दुई विचौलियालाई समेत नियन्त्रणमा लिएको केआई जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।

 

प्रभाबित चेलीलाई केआई नेपालले आत्मानिर्भर गराउन सुरक्षित गृहमा राखी बिभिन्न सीपहरु सिकाउँदै आएको केआई संयोजक विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्