७० वर्ष माथिका १६० जना जेष्ठ नागरिकहरुलाई फलफुल बितरण



नेपाल समाचारपत्र, पर्वत ।
पर्वत क्षेत्र नम्वर २ का सांसद विकास लम्सालले पर्वतको पैयुँ गाउँपालिकाको बेहुलिवाकिा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

 

सांसद लम्सालले वडाको तथ्याङकको आधारमा बेहुलिवासका ७० वर्ष माथिका १६० जना जेष्ठ नागरिकहरुलाई फलफुल बितरण तथा अबिर फुलमाला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

 

गाविसका सबै बृद्धबृद्धालाई सम्मान गरौँ जेष्ठ नागरिकहरुलाई सम्मान नै राष्ट्रको समृद्धी हो भन्ने नाराका साथ निर्वाचन क्षेत्रका २९ वटै साविक गाविसका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अभियान शुरु गरेका सांसद लम्सालले शुक्रबार त्यहाँका जेष्ठनागरिक लाई सम्मान गरेका हुन् ।

 

बृद्धबृद्धाहरुलाई सम्मान गर्दै सांसद लम्सालले गाउँमा भएका जेष्ठ नागरिकहरु आफ्नै सदस्यबाट अपहेलित भएका बेला सांसदले सम्मान गर्दा सम्मानित जीवन जिउन प्रेरणा मिल्ने भएकोले आफुले यस्तो कार्यक्रम ल्याएको बताए । लस्सालले एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी भएको बताउदै बृद्धबृद्धाहरु लाई अपहेलन गर्ने समाजको परिपाटी एमाले लाई सैय नहुने बताउनुभयो ।

हाल सम्म १३ साबिक गाविसका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिसकेका सासंद लम्सालले पछील्लो समय बृद्धबृद्धाहरुलाई सम्मान गर्ने संस्कार समाजमा नरहेको भन्दै समाजका मानिसलाई सहि मार्गमा हिडाउन आफुले प्रत्येक गाउँपालिकाका वडाहरुका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान चलाएको बताए । नेकपा एमाले ले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने पार्टी भएको उहाँको भनाई थीयो ।

 

त्यस्तै एमाले जिल्ला अध्यक्ष पदम गिरीले जेष्ठनागरिकहरु लाई सम्मान गर्नुनै मानिसको बास्तिवक धर्म भएको बताउनुभयो ।

 

सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने एमालेको उद्देश्य रहेको बताउदै आगामी दिनमा बन्ने एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई ३ सय प्रतिशत बृद्धि गरि मासिक ५ हजार बृद्धभत्ता पु¥याउने उद्घोष गरे ।

 

उक्त सम्मान कार्यक्रमका अवसरमा बोल्दै सम्मानित ९९ बर्षका बृद्ध भुषालले सांसदको तर्फबाट पाएको सम्मान आफूहरुका लागि अविष्मरणीय हुने भन्दै खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्