२ नम्बर प्रदेशका मतदान अधिकृत राजधानी फर्किए



नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचन गराउने २ नंम्बर प्रदेशमा विभिन्न जिल्लामा गएका निर्वाचन अधिकृत र मुख्य अधिकृत निर्वाचन अधिकृतहरू धमाधम राजधानीमा फर्किन थालेका छन्।

२ नम्बर प्रदेशको निर्वाचन असार १४ बाट असोज २ मा सारेपछि निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतहरू आ–आफ्नो कार्यस्थलमा र्फिर्कएका हुन्।

निर्वाचन आयोगले २ नम्बर प्रदेशका आठ जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई १० गतेभित्र र निर्वाचन अधिकृतहरूलाई ७ गतेभित्रबाट फर्किन निर्देशन दिएको थियो।

सोही निर्देशनअनुरुप निर्वाचन अधिकृतहरू मतपत्रलगायत अति संवेदनशील सामग्री सम्बन्धित जिल्ला वा क्षेत्रको सेनाको व्यारेकलाई जिम्मा दिएर अन्य सामग्री निर्वाचन कार्यालयमा राखेर फर्किएका हुन्।

निर्वाचन सारिएपछि कतिपय काम दोहयाएर गर्नुपर्ने कतिपय गरिएका काम नोक्सानी हुनाले खर्च बढ्ने र व्यवस्थापकीय दृष्टिले चुनौती थपिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सुरक्षाकर्मीको परिचालन, सुरक्षाको तयारीका हिसाबले पनि थप चुनौती उत्पन्न भएको निर्वाचन आयोगको भनाइ रहेको छ। ‘सुरक्षा सर्तकता बढाइरहनु पर्र्यो, कर्मचारीहरू राखिराख्न पर्र्यो। यसले गर्दा खर्च पनि बढ्ने छ।’ आयुक्त इला शर्माले भन्नुभयो।

सबैभन्दा बढी गार्हो त म्यादी प्रहरी र नेपाली प्रहरीलाई रहेछ। बस्ने र शौचालयको अभावका बीच अटसमटस हुने गरी ठाउँठाउँ बस्ने व्यवस्था मिलाइएको रहेछ। म्यादी प्रहरी नेपाल प्रहरी बस्ने व्यवस्था पनि राम्रो नभएको धनुषाबाट फर्किएका मालपोत कार्यालय ललितपुरका प्रमुख घनश्याम उपाध्यायले नेपाल समाचारलाई जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्