उत्तर कोरियाले नयाँ रकेट परीक्षण गरेको अमेरिकाको दाबी



वासिङ्टन, (एजेन्सी)
उत्तर कोरियाले एउटा नयाँ रकेट इन्जिनको परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ। यो अमेरिकासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र बनाउने परियोजनाको हिस्सा भएको वासिङ्टनले जनाएको छ।

उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर दुई देशबीच तनाव जारी रहेको बेला उक्त खबर बाहिर आएको हो। ट्रम्प प्रशासनले यो मुद्दालाई आफ्नो प्राथमिकतामा राखेको छ। तर अन्तर्राष्ट्रिय निन्दाका बाबजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिइरहेको छ। यसको उद्देश्य अन्तर महाद्विपीय परमाणु क्षेप्यास्त्र बनाउनु हो।

अमेरिकी अधिकारीहरूले नाम नबताउने सर्तमा थुप्रै एजेन्सीलाई यो उत्तर कोरियाको आईसीबीएम अर्थात् अन्तरमहाद्विपीय ब्यालेस्टिक क्षेप्यास्त्र विकास गर्ने चरण हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्