नयाँ बस अव्यावहारिक



बेइजिङ, (एजेन्सी)
चीनले बढ्दो ट्राफिक समस्या समाधानका लागि भविष्यको बस बताइएको सवारी साधनलाई नस्ट गरिरहेको छ।

२२ मिटर लामो यो स्ट्याडलिंग बसलाई परिवहन क्षेत्रमा एक क्रान्तिका रूपमा प्रस्तुत गरिएको थियो जुन सडकमा गुडिरहेका वाहनहरूलाई तल पार्दै गुड्न सक्छ। यो बस सडकबाट उचाइमा रहेको बडी लिएर गुड्ने र यसको तलबाट गाडी तथा अन्य वाहन सजिलै छिर्न सक्ने सोचमा ल्याइएको हो।

ट्राफिक जामको चुनौतीलाई मध्यनजर राख्दै चीनमा यस प्रकारको बसको परिकल्पना सन् २०१० मा भएको थियो तर यसमा धेरै काम अगाडि बढ्न सकेको थिएन। तर चीन सरकारले गतवर्ष यो नयाँ बसलाई सडकमा गुडाएर सबैको ध्यान खिचेको थियो। यसले नागरिकहरूलाई जामबाट राहत हुने अनुमान गरिएको थियो।

तर यो कार्यक्रम योजनाअनुसार प्रभावकारी देखिएन र यो व्यावहारिक र लगानीको समस्यामा बल्झिएको देखियो। अहिले उत्तरी चीनको हेबेइ प्रान्तस्थित चिन्हुआंग्डोओ शहरमा यो बसको परीक्षणस्थल भत्काएको छ।

प्रतिक्रिया दिनुहोस्