वस्तु आयात मेलामा नेपाल सहभागी



 

काठमाडौँ, ९ असार । दक्षिण कोरियाको राजधानी सोलस्थित नेपाली राजदूतावास त्यहाँ आयोजित १५ औँ वस्तु आयात मेलामा पहिलो पटक सहभागी भएको छ ।

बिहीबारदेखि सुरु भएको मेलामा नेपालले हातले बुनेका गलैँचा, पस्मिना सल, स्वेटर, चाँदीका गरगहना, हस्तकला, धातुकला, थान्का, मूर्ति, सिन्के धुप, रत्नपत्थर, जैविक चिया र कफी प्रस्तुत गरेको सोलस्थित नेपाली दूतावासले जनाएको छ ।

मेलाका सहभागी नेपालका निर्यातकर्ता र उत्पादक कम्पनीले कोरियाली आयातकर्तासँग नेपाली उत्पादनबारे छलफल गर्दै नेपाली सामान खरिदका निम्ति अनुरोध गरेका छन् । शनिबारसम्म सञ्चालन हुने उक्त मेलामा ५० देशका १४६ कम्पनीले भाग लिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्