नारायणगढ मुग्लिन सडक सुचारु, अझै भेटीएनन वेपत्ता प्रहरी



नेपाल समाचारपत्र, काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्डको कालीखोलामा झरेको पहिरोका कारण बिहीबार रातिदेखि भएको सडक अवरुद्ध शुक्रबार साँझ ६ः२० बजे खुलेको छ ।

सडक सञ्चालन नहुँदा सयौं गाडीका हजारौं यात्रीहरु बाटोमा अलपत्र परेका थिए । सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएका थिए । पहिरो हटाउन दुईवटा एस्काभेटर प्रयोग गरिएको थियो ।

केही सुरक्षाकर्मी भने वेपत्ता प्रहरीहरुको खोजीमा पनि लागेका छन् । राति काली खोलाको पहिरोले बगाएर इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा पुर्‍याएको थियो । प्रहरी गाडीमा सवार असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको थियो । उनीहरुको शव निकालिसकेको छ । प्रहरी सञ्जीव कार्की र लीलबहादुर चेपाङको भने खोजी भइरहेको मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए ।

वेपत्ताको खोजीमा तीनवटा डुंगा परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्