प्रदेश र संघिय निर्वाचन मंसिरको दोस्रो साता हुन्छ – श्रेष्ठ



ईन्द्र गिरी, संखुवासभा ।
प्रदेश र संघिय निर्वाचन मंसिरको दोस्रो साता हुने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भयो । उहाले प्रादेशकि र संघिय निर्वाचन नभए संवैधानिक र राजनैतिक संकट हुने बताउनु भयो ।

संखुवासभाको तुम्लिङटारमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व गृह मन्त्रि श्रेष्ठले २०७४ माघ ४ गते सम्म तिनै तहको निर्वाचन सम्पन्न हुने दावी गर्नु भयो । उहाले तिनै तहको निर्वाचन पछि संवैधानिक संकट टर्ने र संविधानको उपलब्धी गुम्ने खतरा नहुने बताउनु भयो ।

उहाले राजपा पनि असोज २ गते हुने प्रदेश नंम्वर २ को स्थानिय निकायको निर्वाचनमा सहभागी हुने चर्चा गदै निर्वाचन सफलता पुर्वक सम्पन हुने समेत दावी गर्नु भयो ।

उहाले सञ्चारर्की संग कुरा गदै अरुण उपत्यकाकी शिक्षाकी प्रेरणा योगमाया आयुवेदिक विस्व विध्यालय सञ्चालन, चतरा लेगुवा सडक निर्माण र संखुवासभाको तुम्लिङटार र भोजपुर जोड्ने लम्सुवा घाट अरुण नदिमा निर्माणधिन पंकि पुल निर्माणमा ढिलाई भएकाले आफनो पार्टीको ध्यानकर्षण भएको चाडो निर्माण गर्न पहल गर्ने प्रतिवद्धता ब्याक्त गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्