निर्वाचितलाई कांग्रेसद्वारा कानुनी प्रशिक्षण



हेटौंडा, (नेस) । नेपाली कांग्रेस मकवानपुरले जिल्लामा नेपाली कांग्रेसबाट स्थानीय तहमा विजयी १ सय ४७ जना जनप्रतिनिधिलाई शुक्रबार कानुनी प्रशिक्षण दिएको छ ।

नेपाली कांग्रेस मकवानपुर सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानिया“को सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा स्वागत तथा कानुनी प्रशिक्षण कार्यक्रम गरिएको हो । नवनिर्वाचित प्रतिनिधिलाई पार्टी सभापति बानिया“ र केन्द्रीय सदस्य उपाध्यायले खादा तथा टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा उपाध्यायले नवनिर्वाचित प्रतिनिधिले गाउ“ नगरमा विकासको काममा सक्रिय भएर लाग्नुपर्ने बताउ“दै कानुनी प्रशिक्षणबाट आफूले गर्नुपर्ने धेरै कामकर्तव्यबारे ज्ञान हासिल गर्ने बताइन् । पार्टी सभापति बानिया“ले नवनिर्वाचितहरुलाई स्वागत गर्दै कानुनी प्रशिक्षणले जनप्रतिनिधिहरु जिम्मेवार बन्ने भन्दै आफूले गर्नुपर्ने काम कर्तव्यबारे जानकार भएर विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गरे । कार्यक्रममा अधिवक्ता अमृत लामाले जनप्रतिनिधिले गर्नुपर्ने काम, कर्तव्य, अधिकार र कानुनबारे प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्