जर्मनीमा थाइ नरेशमाथि गोली प्रहार



 

म्युनिख, (एजेन्सी)
जर्मनीको स्थानीय सरकारी निकायले अँध्यारोमा थाइ नरेश माहा भाजिरालोन्गकोर्नलाई दुईजना किशोरले एयर पिस्तोलबाट गोली हानेको तर उनलाई कुनै चोट नलागेको बिहीबार जनाएको छ।

आफ्नो अधिकांश समय जर्मनीमा बिताउने गरेका नरेश माहामाथि म्युनिख विमानस्थलनजिक राति अबेर आफ्ना सहयोगीहरूसंग साइकलिंग गरिरहेको बेला आक्रमण भएको थियो। १० जुनमा एर्डिंग शहरमा एउटा घरको झ्यालबाट १३ र १४ वर्षीय किशोरले गोली चलाएका थिए।

तिनीहरूले नरेशलाई नै ताकेर गोली चलाएका हुन् वा होइन भन्ने स्पष्ट भएको छैन। आफ्नो पिताको निधन भएपछि ६४ वर्षीय माहा थाइल्यान्डको नरेश बनेका थिए। स्थानीय प्रशासनिक कार्यालयका प्रवक्ता थोमस राउस्चरले य घटनामा नरेशलाई मात्र ताकेर गोली हानिएको भन्ने स्पष्ट नभएको तर आक्रमण पक्कै पनि साइकल चलाउँदै गरेका समूहमाथि लक्षित भएको बीबीसी थाइलाई जानकारी गराएका छन्।

साथै ती प्रवक्ताले पछि नरेशको कार नजिक पुगेको बेला पनि सो समूहमाथि पुन गोली चलाइ तथा कतिपटक गोली प्रहार भएको भन्ने पनि स्पष्ट नभएको बताएका छन्। तिनीहरूले किन गोली चलए भन्ने पनि बुझ्न सकेको छैन। चौध वर्षीय किशारेमाथि शारीरिक चोट पुर्याउने प्रयास गरेबापत प्रहरीले सोधपुछ गरिरहेको छ।

तर नरेशले तिनीहरूविरुद्ध कुनै अभियोग लगाउन अस्विकार गरेको बुझिएको छ। जर्मन प्रचलित कानुनअनुसार भने १३ वर्षका बालकमाथि कारवाही गर्न निकै अप्ठ्यारो छ। माहाले नचाहे पनि जर्मन कानुनअनुसार कारवाही अघि बढ्ने बताइएको छ। उनका अंग रक्षकहरूलाई सोधपुछका लागि प्रहरी चौकीमा बोलाइएको छ। बिल्ड जेइतुंग अखवारले माहा एर्डिंग शहरदेखि करिब ६० किमी टाढाको लेक स्टार्नवर्गका दुईवटा भिल्लामा बस्दै आएको जनाएको छ।

उनले अझैसम्म औपचारिक रूपमा राज्यारोहण गरेको छैन। यसै वर्षको उत्तरार्धमा उक्त राज्यारोहण आयोजना हुने अनुमान गरिएको छ। स्वगीर्य नरेश भूमिबोल अद्यालुद्जे ७ दशक लामो थाइल्यान्डको राजनीतिक अस्थिरताका ेदौरान एकताका प्रतीकका रुपमा रहेका थिए।

तर आm्नो जीवन कालको अधिकांश समय विदेशमा बिताएका उनका पुत्र माहाले भने उनले जस्तै सम्मान र लोकप्रियता बटुलिसकेको छैन। तर अझै थुप्रै थाइ जनतालाई यिनको सार्कलिंगप्रतिको मोह याद छ।

सन् २०१५ मा तत्कालीन युवराज माहाले मुमा महारानी सिरिकितको सम्मानमा राजधानी बैंककमा साइकलिंग गर्दा हजारौं थाइ साइकल चालकले साथ दिएका थिए। उनी यसअघिसम्म कहिल्यै कुनै विवादमा पर्ने गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्