सामुदायिक विद्यालयमा उत्कृष्ट विद्यार्थीको सम्मान



कविराज नेपाल, पाल्पा ।
यस वर्षको एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ तथा छात्र तथा छात्रा नेपालमै तर्फ उत्कृष्ठ भएको खुशीयालीमा जिल्ला सदरमुकाम तानसेन स्थित जनता माध्यामिक विद्यालयले विहीवार ¥याली सहित सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

 

विद्यालयले परीक्षामा विद्यालयकी छात्रा सञ्जु रायमाझी संस्थागत तथा सामुदायिक दुवै तर्फ नेपालकै पहिलो र छात्र तर्फ कसम पोखरेल सामुदायिक विद्यालयमा नेपालमै सवैभन्दा वढी अंक ल्याउने विद्यार्थी भएको दावी गरेको छ । दुवै विद्यार्थीले ३ दशमलव ९५ जिपीए ल्याएका छन । त्यसै गरी विद्यालयले यो परीक्षामा २१ जना ए प्लस, २४ जना ए, ३० जना वि प्लसमा उत्र्तीण गराउन सफल भएको छ ।

हुनत ग्रेड सिष्टममा कति प्रतिशत ल्याएको भनेर भन्न मिल्दैन तै पनि अहिलेसम्म कसैले सामुदायिक र संस्थागत विद्यालयमा छात्रामा ३.९५ जीपीए ल्याएको र छात्र तर्फ पनि सामुदायिक विद्यालयबाट ३.९५ ल्याएको दावी नभएको हुदा हामी नै उत्कृष्ठ भएको देखिन्छ विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले भन्नुभयो । ‘हामीले विभिन्न निकायमा सम्पर्क गर्दा र वुझ्दा केही ढिलो भएको हो –उहाले भन्नु भयो –‘जिल्लामा त हामी उत्कृष्ठ छौ नै नेपाल भरमै उत्कृष्टताको दावी हाम्रो हो ।’

विद्यालयको तर्फबाट आयोजित ¥यालीमा उत्कृष्ठ छात्रछात्रा, विद्यार्थीलगायत शिक्षक र अभिभावकहरुको समेत सहभागिता थियो । जिल्ला सदरमुकाम तानसेनको विभिन्न भाग परिक्रमा गरी विद्यालयमा पुगी सभामा परिणत भएको थियो । सभामा वोल्दै उत्कृष्ठ छात्र छात्रा कसम पोखरेल र सञ्जु रायमाझीले विद्यालयले आफूूहरुलाई यो स्थानमा पु¥याएकोमा धन्यवाद दिदै अझै राम्रो गर्न सुझाव दिए ।

कसम पोखरेलले भने – ‘४.० जिपीए ल्याउने धोको थियो ० दशमलव ५ पुगेन आउदा दिनमा भाइ वहिनीहरुले यो मेरो धोको पूरा गर्ने छन । त्यस्तै सञ्जुको कथन थियो विद्यालय प्रति शिक्षक र अभिभावक प्रति यो क्षणमा म नतमस्तक छु ।

 

कार्यक्रममा प्रधानाध्यापक मेघराज पोैडेल पुर्व प्रअ वुद्धिप्रसाद शर्मा संस्थापक शिक्षक चिनियालाल वज्राचार्य, सहायक प्रअ गणेशराज ज्ञवाली, शिक्षक हरिप्रसाद घिमिरे, अभिभावक कमल रायमाझी लगायतले वोल्दै विगत देखि नै जिल्लामै उत्कृष्ट नतिजा दिन सफल यस विद्यालयले अझै प्रगति गरेको देख्न चाहेको वताए ।

 

वि सं २००८ सालमा जनताको नामबाट स्थापना भएको यस विद्यालयमा हाल करिव २५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन । सामुदायिक विद्यालयमा नमूना विद्यालयको रुपमा रहेको यस विद्यालयमा केही वर्ष यता संस्थागत विद्यालय छाडेर भर्ना हुनेहरुको ठूलै लाम देखिन्छ । नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने यस विद्यालयमा भने यसै वर्ष देखि प्राविधिक धार तर्फ कक्षा ९ मा सिभिल इन्जीनियरिङ्ग पढाइ सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्