हेटौंडाको प्लाष्टिकबाट २४ लाख लिटर इन्धन



हेटौंडा, (नेस) । स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लाष्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ । प्रयोग भएर फालिएका रंग छापिएका, चाउचाउ, लेज, गुट्खा, सिमेन्ट र रेनकोटलगायत प्लाष्टिकबाट गाडी कुदाउने डिजल उत्पादन गर्न सकिन्छ । प्लाष्टिकबाट उत्पादित डिजलको प्रयोगबाट बिहीबार हेटौंडामा आगो बालियो, सर्वसाधारण चकित परे ।

यसको गुणस्तरीयताबारे हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पनि पुष्टि गरेको छ । प्लाष्टिक डिजलका लागि धेरै प्रभावकारी कच्चापदार्थ हो । प्लाष्टिक प्रयोगबाट डिजल उत्पादन गरेर इन्धनको अभावलाई धेरै हदसम्म कम गर्न सकिने देखिएको छ ।

हेटांैडामा दिनहु“ उत्पादन भइरहेको प्लाष्टिकबाट इन्धन उत्पादन गर्न सकिने भएको छ । हेटौंडामा प्रतिदिन करिब ९ हजार २ सय ६७ केजी प्लाष्टिक उत्पादन हुने गरेको छ । हेटौंडा उपमहानगरपालिका र नाष्टको संयुक्त आयोजनामा ‘एक नवीनतम् प्रविधिमार्फत् स्थानीय तहको फोहोरमैला ब्यवस्थापनका अवसर’ विषयक नगरस्तरीय कार्यशालामा यस्तो जानकारी दिइएको हो ।

आफैं पेट्रोकेमिकल रहेको प्लाष्टिकबाट उत्पादन भएको डिजल प्रशोधनपछि सवारीसाधनमा प्रयोग गर्न मिल्ने अवस्था रहने नाष्टका वरिष्ठ वैज्ञानिक रवीन्द्र ढकालले बताए । हेटौंडामा उत्पादन हुने फोहोरबाट एक वर्षमा २३ लाख ६७ हजार ९ सय ४६ लिटर इन्धन उत्पादन गर्न मिल्छ । यसबाट वार्षिक करिब ७ करोड १० लाख ३८ हजार आम्दानी हुने उनले बताए ।

यस्ता प्लाटिकबाट डिजलसरह गाडीहरु राम्रैस“ग कुद्नसक्ने र इञ्जिनमा पनि कुनै खराबी नआउने दाबी गरिएको छ । मेसिन प्रयोग गरी हेटौंडामा करिब ७ सय ग्राम प्लाष्टिकबाट करिब आधा लिटर डिजल निकालिएको नया“ आविष्कार देखेर सबै अचम्ममा परे ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मादुवाडी, हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डे, हेटौंडाका वडा अध्यक्षहरु, उपमहानगरपालिका प्रवन्धकहरु बीके महर्जन, शंकर उपाध्याय र भीम तिमल्सिना तथा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेलगायतको उपस्थिति थियो ।

प्लाष्टिकबाट इन्धन निकाल्न नगरपालिकाले चासो दिएको छ । कुहिने र नकुहिने फोहोर घरैबाट छुट्याएर संकलन हु“दै आएको हेटौंडामा यो अभियान प्रभावकारी देखिने महाशाखा प्रवन्धक महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्