बलात्कारका अभियुक्त पक्राउ



लक्ष्मी कुमार साह महोत्तरी ।
महोत्तरीको औरही गाउँपालिका—२ फूलबारीयाकी २० बर्षीया सौन्दर्यकर्मी (ब्युटिसियन) लाई जेठ २८ गते बलात्कार गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरी विहिबार सार्वजनिक गरेको छ ।

 

जिल्लाको औरही गाउँपालिकाको वडानं. २ मा जेठ २८ गते एक सौन्दर्यकर्मी (ब्युटिसियन) लाई बलात्कार गरी फरार रहेका औरही २ बस्ने वर्ष २६ को सुनिल साहलाई सोही दिन पक्राउ गरी उमाथि जवर्जस्तकरणीको मुद्दा दर्ता गरेर कारवाही सुरु गरेको थियो ।

अभियुक्त सुनिल साहलाई पक्राउ गरेपछि उनको वयानको आधारमा तथा खोजतलासको क्रममा औरही गाउँपालिका वडा नं. २ का वर्ष २० को अनिकेत यादव, सोही ठाउँ बस्ने वर्ष २१ को रमेश पंजियार तथा वर्ष २० को सुरेश यादवलाई पक्राउ गरी प्रहरीले विहिवार सार्वजनिक गरेको हो ।

 

पीडितले जेठ २९ गते दिएको जाहेरीको आधार आरोपितविरुद्ध प्रहरीले बलात्कारको मुद्दा दर्ता गरिएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले महोत्तरीमा बराबर हत्या, बलात्कारजस्ता घटनाले व्यापक रुप लिदै गएकोले यसलाई न्यूनिकरण गर्नका लागि हामीले लागिपरेर गरेको प्रयास सफल भएको बताउनुहुदै यसमा अपराध अनुसन्धान केन्द्रीय कार्यालय, अञ्चल प्रहरी कार्यालय, सर्लाही र महोत्तरीका प्रहरीहरुको संयुक्त टिम परिचालन भएर छानविन गरिएको स्पष्ट गरे ।

 

सौन्दर्य व्यवसायी राधा (नाम परिवर्तीत) लाई जेठ २८ गते पसल बन्द गरी घर जाने क्रममा औरहीदेखि फुलवरिया गाउँतर्फ जाने बाटोसंगको खेतमा बाटो ढुकेर बसेका अभियुक्तहरुले सामुहिक बलात्कार गरेका थिए ।

 

महिलाले हारगुहार गरेपछि स्थानीयहरु पुग्दा अभियुक्तहरु भागेका थिए । पछि प्रहरीले सोही राति महिलालाई उपचारको लागि अञ्चल अस्पताल जनकपुर पठाएको र घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका सुनिल साहलाई पक्राउ गरेपछि स्थानीयहरुले ढुंगामुढा समेत गरेका थिए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन पाँच राउण्ड हवार फायर गर्नुपरेको प्रहरी उपरिक्षक लम्सालले बताउनुहुदैे म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।

 

अधिवक्ता विकरु यादवले बलात्कार मुद्दामा पाँचदेखि सात वर्षसम्म कैदसजाय हुनसक्ने बताउनुहुदै सामुहिक वलात्कारको घटनामा भने थप पाँचवर्षको सजाय हुन सक्ने कानुनी प्रावधान रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्