त्रित्रिमावि विव्यसमितिमा प्रधान



 

काठमाडौँ, ८ असार । नुवाकोट जिल्लाको सबभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा नवीन्द्रमान प्रधान आज निर्वाचित हुनुभएको छ ।
प्रधान विद्यालयका पूर्वविद्यार्थी तथा समितिका तीन कार्यकालका पूर्वसदस्य पनि हुनुहुन्छ । समितिका लागि यसअघि भएको निर्वाचनमा प्रधान, कुलबहादुर खड्गी, सानु श्रेष्ठ र लक्ष्मी तामाङ विजयी हुनुभएको थियो भने सन्तु तामाङ र शिवराज बोगटी मनोनीत हुनुभएको थियो ।
विसं २००७ चैत ९ गते स्थापित सो विद्यालयमा कलेज सञ्चालन भइसकेको छ भने यसले हीरक जयन्ती पनि मनाइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्