फलेबास नगरपालिका प्रमुखका यस्ता छन पाँच महत्वपुर्ण योजना 



दुर्गाप्रसाद शर्माा,पर्वत ।

पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उमेरका हिसाबले सबैभन्दा ‘कान्छो मेयर’ को रुपमा चिनीनु भएका पर्वतको फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा निर्वाचीत भएका छन् ।

नेकपा(एमाले)को तर्फबाट मेयर पदमा बिजयी भएका शर्मा ३५ बर्ष ९ महिना उमेर पुरा गरेका छन । पहिलो चरणको निर्वाचन परिणाम घोषणा भैसक्दा उनी भन्दा कान्छा मेयर भेटिएका छैनन ।

नगरपालिकामा उपप्रमुख देखी वडा सदस्य हुँदै वडा अध्यक्ष भने ४० देखि ६० बर्षे उमेरका छन । सानै उमेरमा  फलेवास नगरपालिकामा पहिलो मेयर बनेका शर्माले फलेबासलाई सम्बृद्ध बनाउने पाँच महत्वपुर्ण योजना अघि सारेका छन ।

उमेर र अनुभवले भन्दा युवा जोशले राष्ट्र निर्माण हुने बताउने  शर्माले नगरप्रमुखको पदभार ग्रहण गरेसंगै वडासचिव र निर्वाचित पदाधिकारीहरुको संयुक्त वैठकमा जनुमखी कार्य गर्न निर्देशन दिइसकेका छन ।

चालु आर्थिक बर्षमा विनियोजीत बजेट असार मसान्त भित्र जसरी पनि खर्च गरी विकास निर्माणमा उदाहरणीय कार्य गर्न वडा सचिवलाई निर्देशन दिएको बताउने शर्माले आगामी ५ बर्ष भित्र फलेवास नगरपालिकाकालाई उदाहरणीय नगरपालिका बनाउने अठोट आफूले लिएको बताए ।

‘छ महिना भित्र नगरको गुरुयोजना’
नगरप्रमुख शर्माले आफुँ निर्वाचित भएपछिको पहिलो कामको रुपमा नै नगरभित्रको समग्र बिकास, भूउपयोग निती निर्माणका लागि गुरुयोजना निर्माणको काम थालेका छन । नगरभित्र एक मिटर पनि पक्की बाटो छैन, शिक्षा, स्वास्थ्य, कार्यालय भवन देखि सबै संरचना बनाउन आवश्यक छ । कर संकलन गर्नका लागि ब्यबसायिक र औधोगिक क्षेत्र पनि छैन  ।

यस्तो अवस्थामा कसरी अगाडी बढ्ने भनेर गुरुयोजना बनाउन आवश्यक भएको नगरप्रमुख शर्माले बताए ।
‘नगरको समग्र योजना निर्माणका लागि पहिले गुरुयोजना बनाउन आवश्यक देखियो’ उनले भने ‘अब ६ महिना भित्रमा यो पुरा भएपछि हाम्रो सबै कामको केन्द्र नै गुरुयोजना अनुसारका काममा हुनेछ’ फलेबासका लागि अल्पकालिन, मध्यकालिन, दिर्घकालिन योजना बनाउन स्थानियबासी तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. पिताम्बर शर्मा, स्थानिय तह पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द शर्मा, योजनाबिदहरु डा.चन्द्रबहादुर श्रेष्ठ, डा. योगन्द्र रिजाल, डा.प्रेम शर्मा, त्रिबी भूर्गभ बिभागका प्रमुख डा. लालु पौडेल लगायतका बिज्ञहरु लागेका छन ।

सडकको स्तरबृद्धि देखि कालोपत्रे सम्म 
मुडिकुवा देखि खानीगाउँ हुँदै कुर्घाबाट लुंखु जोड्ने सडक र कुस्माबाट फलेबास जोड्ने सडक पक्की बनाउने काम भैरहेपनि फलेबासमा एक  मिटर पनि पक्की बाटो छ्रैन । नगरपालिका कार्यालय अगाडी हिलेबाटोमा मानिस हिड्न पनि कठिन छ ।

नगर प्मुख शर्माले पहिलो काम  सबै वडा कार्यालयबाट नगरपालिकाको केन्द्र सम्म आउने बाटोको स्तरबृद्धि गर्ने र क्रमशः पक्की गर्दै लैजाने योजना बनाएका छन । पक्की हुन लागेका बाटोलाई  अनुगमन गर्दै जाने योजना रहेको उनले बताए ।

‘पाँच बर्ष भित्र सबै वडा कार्यालयबाट नगरपालिका आउने सडकलाई बाह्रै महिना चल्ने गरि स्तरबृद्धि र कालोपत्रे हुनेछन’ उनले भने सडकनै  पहिलो प्राथमिकतामा राखेर काम हुनेछ’ फलेबासबाट बागलुङ्गको जैमुनि नगरपालिका जोड्न मोटरेबल पुल बनाएपछि कार्किनेटा देखि बागलुङ्ग सम्मको क्षेत्रमा सडकको ठुलो बिकास हुने उनले बताए ।

कालीगण्डकी लोकमार्गमा पर्ने मोदीबेणीको निर्माणाधिन  पुल सम्पन्न गरि लोकमार्ग कालोपत्रे गर्ने बाँकी खोलमा पुल ब नाउँदै यसलाई फलेबास नगरपालिकाको मेरुदण्डको रुपमा बिकास गर्ने पनि उनको भनाई छ । ‘डहरे चिसापानी जंगल ओपन जु’फलेबास नगरपालिकामा पर्ने प्रसिद्ध डहरेको लेक देखि चिसापानीको लेकलाई समेत खुल्ला चिडीयाखाना(ओपन जु)को रुपमा बिकास गर्दै, पदयात्रा, तालिम, योगास्थल बनाउँदै पर्यटक तान्ने योजना पनि नगरपालिकाले बनाएको छ ।

पर्यटकीयस्थल पोखरा र सिरुवारीको बिचमा पर्ने भएकाले पनि यसलाई ओपन जुको रुपमा बिकास गर्न सहज हुने र कालीगण्डकीको जलयात्रालाई पनि जोडेर पर्यटकीय बिकास गर्ने  योजना नगरप्रमुख शर्माको दोस्रो प्राथमिकतामा रहेको छ ।

‘डहरे देखि कालीगण्डकी सम्म पर्यटकीय स्थलको रुपमा नगरपालिका बिकसित गराउने छौ’ उनले भने‘नगरबासीको  महत्वपुर्ण आम्दानीको स्रोतको रुपमा  पर्यटन उद्योग बन्ने छ ।’

‘सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा शिक्षा ’

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिएनको केन्द्रिय सचिवालय सदस्य समेत भईसकेका शर्मा स्नातकोत्तर तह उर्तिण गरेपछि पर्वतको राजनीतिमा थप सक्रिय बनेका थिए ।

अहिले नगरपालिका भित्रका  सामुदायिक बिद्यालयमा बिद्यार्थी नहुने, छोराछोेरी पढाउन अभिभावकहरु बजार झर्ने क्रम बढेपछि नगरपालिका भएपनि गाउँहरु सुन्य जस्तै भएका छन । बसाई सराईका कारण बस्तीहरु सुन्य बन्न थाल्नुको प्रमुख कारण अंग्रेजी माध्यमको खोजीमा ठुला शहर ताक्नु भएकाले सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा अध्यापन गराउने योजना नगरप्रमुख शर्माले बनाएका छन ।

‘नानीबाबुलाई राम्रो शिक्षा दिन भनेर ठुला शहरमा झर्ने क्रम रोक्न आगामी शैक्षिकसत्रबाट सबै बिद्यालयमा अंग्रेजी माध्यम अनिवार्य गरिनेछ’ उनले भने ‘त्यसका लागि पहिलो नगरसभाबाटै बृहत योजना बनाउने छौ’ फलेबास नगरपालिका भित्रै रहेको भवानीबिद्यापीठ माबिले साुमदायिक भएपनि अंग्रेजी र मन्टेश्वरी बिधीबाट पठनपाठन शुरु गरेको छ भने शिशुकल्याण निमाबि, थापाठाना माबि लगायतका सामुदायिक बिद्यालय पनि अंग्रेजी माध्यममा पढाइरहेका छन  ।

पर्वत बहुमुखी क्याम्पसलाई स्नातकोत्तर तहको बनाउने, माटेदेवलको प्राबिधीक शिक्षालय, र भवानी बिद्यापिठको बिज्ञान संकायलाई सहयोग गर्दै गरिब परिवारका छोराछोरीले सर्वसुलभ ढंगले पढ्न पाउने वातावरण निर्माण गर्ने योजना बनाएका छन छन शर्माले । तालिम, अनुदान, लगायतका ब्यबस्था हुने उनले बताए ।

‘कृषिको पकेट क्षेत्र फलेबास’ 
फलेवास नगरपालिका पर्वतको कृषि उत्पादनमा महत्वपुर्ण हिस्सा ओट्ने क्षेत्र हो । पशुपालनका लागि पनि उत्तिकै बिकास भएको र थप बिकास गर्न सकिने संभावना बोकेको क्षेत्र पनि हो फलेबास नगरपालिका ।

फलेबास खाद्यान्नबाली, तरकारी र फलफुल खेतीका लागि पकेट क्षेत्रको रुपमा नै बिकास भैरहेको क्षेत्र हो । फलेबास , कर्नास, कुर्घा, सिर्काङ्गका फाँटहरु कृषि उत्पादन भन्दा बस्ती बिकास भएर घडेरीको रुपमा बिकसीत हुने संभावना छ ।

समग्र फलेबासको बिकासका लागि कहाँ बस्ती बिकास गर्ने, कहाँ कृषि उत्पादन गर्ने, कहाँ औधोगिक बिकास गर्ने भनेर भूउपयोग निती फाइनल भएपछि कृषि  र पशुपालनका क्षेत्र छुट्टाएर त्यहाँ सबै पुर्बाधार तथा सुबिधा पु¥याउने योजना शर्माले बनाएका छन ।

‘सिंचाई, अनुदान, र सुबिधा थपेर यसलाई नमुना कृषि पकेट क्षेत्र बनाउने गरि अघि बढ्छौ’उनले भने ‘भैरहेका ठाउँमा थप बिस्तार र नयाँ संभावनाको पनि खोजी हुनेछ ।’ फलेबास नगरपालिकामा आन्तरिक स्रोत अहिले सम्म शुन्य जस्तै छ । आन्तरिक स्रोतको खोजी गर्ने तथा सरकारी अनुदान र दातृ निकायको अनुदानबाट सबै निर्माणका काम गर्ने उनले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्