कृषकलाई ५० प्रतिशत अनुदानमा सामाग्री बितरण 



दुर्गाप्रसाद शर्मा,पर्वत ।

चालु आर्थिक बर्ष ०७३÷७४ को असारको पहिलो साता सम्म जिल्ला कृषि बिकास कार्यलयले बिभिन्न शिर्षकमा कृषकहरुको लागि बिभिन्न सामाग्रीहरु बितरण गरेको छ ।

कार्यलयले ०७३ असार देखि ०७४ असारको पहिलो साता सम्म कृषकहरुको लागि ५० प्रतिशत अनुदानमा मिनिटेलर, साना सिंचाई योजना, प्लाष्टिक पोखरी, भुकम्प पिडितको लागि मिनि थे्रसर, सुन्तला पेकिङ्ग कार्टुन र तरकारी ढुबानी के्रट लगायत बिभिन्न शिर्षकमा कृषकहरुलाई चाहिने सामाग्री बितरण गरेको हो । |

कार्यलयबाट चालु आर्थिक बर्षमा १ सय २० वटा मिनिटेलर बितरण भएका छन् । ७५ हजार मुल्य बराबरको मिनिटेलर ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो ।

जसअन्र्तगत ६२ वटा मिनिटेलर कार्यलयले बितरण गरेको छ भने ५० वटा मिनिटेलर प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना मार्फत र १८ वटा मिनिटेलर सांसद बिकास कोष मार्फत ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो ।

त्यस्तै ३१ लाख ५० हजार मुल्य बराबरको ७२ वटा साना सिचाई योजना सम्झौता भई सम्पन्न हुने चरणमा रहेको जिल्ला कृषि बिकास कार्यलय पर्बतका बरिष्ठ कृषि बिकास अधिकृत बासुदेब रेग्मीले जानकारी दिनुभयो ।

उहाका अनुसार २२ लाख ५० हजार मुल्य बराबरको १ सय १५ वटा प्लाष्टिक पोखरी निमार्ण गरिएको छ ।
त्यस्तै ९० प्रतिशत अनुदानमा भुकम्प पिडितको लागि पेडि मिनिथे्रसर ५ थान, प्लाष्टिक पोखरी ७ थान र कर्न थे्रसर ११ थान बितरण गरिएको कार्यलयले जनाएको छ ।

बिउ भण्डारण गर्न हमेष्टिक ब्याग ३२ सय गोटा निशुल्क बितरण गरिएको कार्यलयका प्राबिधिक सहायक रामकृष्ण अर्यालले जानकारी दिनुभयो ।कार्यलयका अनुसार सुन्तला कृषकको माग अनुरुप सुन्तला पेकिङ्ग कार्टुन ९० प्रतिशत अनुदानमा २ हजार ५० पिस बितरण गरिएको छ भने ९० प्रतिशत अनुदानमै तरकारी ढुबानी के्रट १ सय ७८ पिस बितरण गरिएको कार्यलयले जनाएको हो ।

कृषिको लागि पकेट क्षेत्रको रुपमा रहेका पर्बतका २० स्थान जहाँ सिचाई पावरमिनिटेलर र बिरुवा क्षेत्र बिस्तारको कार्यक्रमलाई समेत प्रथामिकता दिएर कार्यलयले कार्य सम्पादन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्