विभिन्न धनमाल चोरी



नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर महानगरपालिका–२ ईमाडोल होमभ्याली चोकस्थित जेवी अधिकारीको घरमा कोही नभएको अवस्थामा घर पछाडीको ढोकाको लक फोडेर सुनचाँदीका विभिन्न किसिमका गरगहना र नगद २५ हजार रुपैयाँ समेत गरी करीव ३ लाख ५० हजार रुपैयाँ बरावरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्