खानेपानी अभावका कारण बिद्यालय सरसफाईमा चुनौती



बिष्णुप्रसाद भण्डारी,अछाम ।

खानेपानी अभावका कारण बिद्यालय सरसफाईमा चुनौती देखिएको अछाको मंगलसेनमा एक कार्यक्रमका सहभागीले बताएका छन् ।

बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धनका नीतिगत आधार माथि छलफल गर्न बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालले आज सदरमुकाम मंगलसेनमा आयोजना गरेको ‘अछाम जिल्लाको सन्दर्भ एवम् आगामी कार्यदिशा’ बिषयक छलफल कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

निमित्त जिल्ला शिक्षा अधिकारी चक्रबहादुर कुँवरको अध्यक्षतमा भएको कार्यक्रमका सहभागीले जिल्ला स्थित अधिकांश बिद्यालयहरुमा सौचालय भएपनि पानीको अभावका कारण सौचालय प्रयोगबिहिन बनेको पाईएको बताएका थिए ।

बिद्यालयलाई पूर्ण सरसफाई युक्त बनाउन सबै सरोकारवालाले आ–आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा सहभागीले जोड दिएका थिए । छलफलमा जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एव्म प्रतिनिधि, बिभिन्न सञ्चार माअध्यममा आवद्ध सञ्चारकर्मी लगायत सरोकारवालको उपस्थिती रहेको थियो ।

छलफल कार्यक्रमको सञ्चालन बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपाल मार्फत सञ्चालित बिद्यालय सरसफाई कार्यक्रम अन्तरगत सरसफाई अधिकृत टेकबहादुर खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्