सरकार र अस्थायी शिक्षकबीच वार्ता हुने



काठमाडौँ, ८ असार । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ ।

कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै सो समितिले भद्रकालीमा अनशन सुरु गरेको आज सातौँ दिन वार्ता हुन लागेको हो ।

शिक्षा मन्त्रालयले आफूहरुलाई वार्तामा आउन आग्रह गरेकाले त्यसको तयारी भएको समितिका अध्यक्ष होमनाथ चौलागाईंले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्