एसियाली फुटबल



एसियाली फुटबल महासंघअन्तर्गतको एएफसी यू–२३ एसियन कप छनोटमा सहभागी हुने नेपालको यू–२३ फुटबल टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य नियुक्त भएका छन्। आगामी जुलाई १९ देखि २४ सम्म यूएईको अल अइनमा हुने प्रतियोगिताअन्तर्गत छनोट चरणमा नेपालसँगै आयोजक यूएई, उज्वेकिस्तान र लेबनान समूह ‘डी’मा रहेका छन्। शाक्यकै प्रशिक्षणमा नेपाली यू–२३ फुटबल टोलीले भारतमा भएको १२औं सागअन्तर्गत पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेको थियो।

प्रतिक्रिया दिनुहोस्