सुडान काण्डका दुई पूर्वआइजिपी सहित चार प्रहरी जेल चलान



काठमाडौ (नेस) ।
सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनाले सर्बोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको छ ।

पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।

बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो ।

उनीहरु अदालतको आदेश अनुसार अदालतमा उपस्थित भएपछि उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्