बुटवलमा चुनावि प्रचारप्रसार तिब्र



यमलाल भुसाल, बुटवल ।
नेपाली काँगे्रस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका उम्मेदबारहरुले बुटवल उपमहानगरलाई मुलुककै आर्थिक समृद्ध तथा उत्कृष्ठ बनाउने प्रतिबद्धता जनाएका छन । बुटवललाई मुलुककै प्रमुख आर्थिक बिकासको केन्द्र, पाँच नम्बर प्रदेशको राजधानी तथा सुन्दर पर्यटकिय महानगर नगर बनाउने उनिहरुले बताएका छन ।

 

नेपाल घरबहाल सरोकार संघ रुपन्देहीद्वारा बुटवलमा आयोजित बुटवलको बिकासका लागि उम्मेदबारहरुका भावी निति तथा कार्यक्रम बिषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले आर्थिक सामाजिक रुपले सम्पन्न बनाउदै समृद्ध र उत्कृष्ठ महानगर बनाउने जनाएका छन ।

बुटवल उपमहानगरपालीका कालागि मेयर पदमा नेपाली काँगे्रस र नेकपा माओबादीका साझा उम्मेदबार खेलराज पाण्डेयले बुटवललाई प्रमुख औद्योगिक एवं ब्यापारिक केन्द्र मात्र नभै सुबिधा सम्पन्न स्मार्ट सिटी बनाईने बताए । आफ्नो नेका÷माओबादी गठबन्धनका उम्मेदबारले जित हासिल गरेमा लामो समयदेखि अलपत्र अवस्थामा रहेको बुटवलको सुकुम्बासी समस्या समाधान गर्दै आकर्षक पर्यटकिय नगरका रुपमा पनि बिकसित गरिने उनले दावी गरेका छन ।

नेकपा एमालेका मेयर पदका उम्मेदबार शिवराज सुबेदीले लगातार पाँच पटकसम्म उत्कृष्ठ नगरपालीका बनेको बुटवललाई अवको पाँचबर्ष भित्र मुलुककै उत्कृष्ठ नगर पनि बनाएरै छाड्ने बताए । आफु सहित आफ्नो पार्टीका उम्मेदबारले जित हासिल गरेको खण्डमा बुटवललाई स्याटेलाईट सिटी बनाउने जिकिर गर्दै जसरी आफ्नो पार्टी पहिलो चरणको निर्वाचनमा पहिलो स्थान हासिल गर्न सफल भयो त्यसरीनै दोश्रो चरणको निर्वाचनमा पनि अग्रस्थान हासिल गर्ने उनले दावी गरेका छन ।

नेका तथा माओबादीका तर्फबाट उपमेयर पदका साझा उम्मेदबार जगत बहादुर पोखरेलले बिकास र रोजगार आफ्नो मुल एजेण्डा भएको बताए । बुटवलको समग्र बिकासका साथै युवाहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने आफ्नो मुल दायित्व भएको उनले जोड दिए । यस्तै नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदबार गुमादेवी आचार्यले आम महिलाको हकहित सवाल उजागर गर्दै श्रमिक बर्गको उत्थानका लागि लागिपर्ने कुरामा जोड दिइन् ।

 

सो कार्यक्रममा नेपाल घरबहाल महासंघका केन्द्रिय अध्यक्ष शंकर कोईरालाले नेपालमा घरबहाल सम्बन्धि कानुन नहुँदा घरधनी र बहालवालाबिच बिभिन्न समस्या उत्पन्न हुने गरेका बताउँदै घरबहाल ऐन नहुँदा राज्यलाई थुप्रै राजश्व घाटा भैरहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्