प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता,आफ्ना नेता र कार्यकर्ताको धरपकड रोक्न आग्रह



k|d b]pjf;Fu /fhkfsf] 5nkmn k|wfgdGqL z]/axfb’/ b]pjf;Fu a’waf/ l;+xb/af/df /fli6«o hgtf kf6L{sf zLif{ g]tfn] 5nkmn ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ७ असार । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटी मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेको भनिएको आक्रमण तथा धरपकड रोक्न आग्रह गरेको छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाले सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग भेटी नवलपरासी, सुनसरी र कपिलवस्तुलगायत जिल्लामा आफ्ना नेता तथा कार्यक्रर्तामाथि आक्रमण भएकामा आपत्तिसमेत व्यक्त गर्नुभयो ।

“दोस्रो चरणको मनोनयन दर्तासँगै केही जिल्लामा हाम्रा नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ, सुरक्षा व्यवस्था कडा बनाउने नाममा तराईका जिल्लामा मान्छे घर बाहिर निस्कन नसक्ने गरी त्रसित बनाइएको छ, हामीले त्यसो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ”, नेता झाले भन्नुभयो ।

नेता झाले आफ्ना कार्यकर्तामाथि झुटा मुद्दा लगाएको भन्दै तत्काल फिर्ता लिन पनि आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्