हामीलाई बंगालसँग बस्नु छैन, हामीलाई गोर्खाल्यान्ड चाहियो



 

दार्जिलिङ, (एजेन्सी)
सन् १९८६ जुलाई २७ आइतबारको दिन कालिम्पोङको मेला ग्राउन्डमा हजारौं नागरिक भेला भएका थिए। उनीहरु गोर्खाल्यान्डको समर्थन र सन् १९५० को भारत–नेपाल सन्धिको विरोधमा त्यहाँ भेला भएका थिए। उक्त विरोधसभामा सहभागीमध्ये केहीले कालिम्पोङ थानानजिकै डीआईजीस्तरका एक अधिकारीमाथि खुकुरीले आक्रमण गरे।

यसबाट आक्रोसित प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा महिला र बच्चासहित १३ जना मारिएका थिए। त्यतिबेला गोर्खाल्यान्ड आन्दोलनको नेतृत्व सुभाष घिसिङको हातमा थियो। उनी गोर्खा नेसनल लिबरेसन फ्रन्ट (जीएनएलएफ)का नेता थिए। घिसिङले आफ्नो आन्दोलनको माध्यमबाट गोर्खाल्यान्डलाई पृथक् राज्यको दर्जा दिन माग गरेका थिए र त्यस क्षेत्रका पहाडी उनको वरिपरी घुमिरहेका थिए।
चर्चित स्तम्भकार तथा गोर्खा जनमुक्ती मोर्चाका प्रमुख सल्लाहकार स्वराज थापा सन् १९८६–८८ मा चलेको गोर्खाल्यान्ड आन्दोलनका क्रममा करिब १ हजार ५ सय जना मारिएको बताउँछन्।

यसका बाबजुद पनि सरकारले पश्चिम बंगाललाई टुक्रइएन। यसले गोर्खाल्यान्डको मागलाई जीवित नै राख्यो। त्यतिबेला दार्जिलिङ हिल्समा ४० दिनसम्मको बन्द रह्यो र यहाँका बासिन्दाले आफ्नो पीडालाई बिर्सेर आन्दोलनको समर्थन गरिरहे।

अहिले सन् २०१७ को जुन महिना हो। गोर्खाल्यान्डको माग फेरि एकपटक चर्को रूपमा उठिरहेको छ र ती पहाडका जनता यसलाई अन्तिम लडाइँ भनिरहेका छन्।

अहिले भने नेतृत्व परिवर्तन भइसकेको छ। आन्दोलनको नेतृत्व अहिले विमल गुरुङको हातमा छ। उनी गोरखा जनमुक्ती मोर्चा (जीजेएम) का नेता हुन्।
गोर्खाल्यान्डलाई लिएर सुभाष घिसिङ र अहिलेको विमल गुरुङको आन्दोलनको स्वरूपमा केही भिन्नता भने छ। वरिष्ठ पत्रकार तथा लेखक उपेन्द्रमणि प्रधान भन्छन्– ‘कुनै दुई आन्दोलन र नेताहरुको तुलना उचित होइन। तर मलाई लाग्छ सुभाष घिसिङ राजनीतिक रूपमा धेरै परिपक्व थिए। तर उनको आन्दोलन हिंस्रक थियो। विमल गुरुङ शान्तिपूर्वक आन्दोलन गर्न चाहन्छन्।’

दार्जिलिङ हिल्सका बासिन्दमा सबैभन्दा धेरै आवादी गोर्खा समुदायको छ। यो करिब १० लाखभन्दा धेरै छ। इतिहासले दार्जिलिङको खोज क्याप्टेन लायड र जे डब्ल्यु ग्रान्टले गरेका थिए। त्यतिबेला यहाँ लेप्चा समुदायका केही बासिन्दा मात्र थिए। उनीहरुको संख्या २ सयभन्दा पनि कम थियो।

सन् १८६६ ताका अंग्रेजले यहाँ चिया खेती थाले। चिया बगानमा काम गर्नका लागि ठूलो संख्यामा नेपालबाट गोर्खा मजदुरलाई यहाँ बोलाइएको थियो। पछि उनीहरु त्यहीं बसे र पहाडमा उनीहरुको आवादी सबैभन्दा धेरै भयो।

पत्रकार उपेन्द्रमणि प्रधानले भने यसलाई आधा सत्य भएको बताए। उनले भने– ‘दार्जिलिङको इतिहास कसले लेखे। कि त चटर्जी, बनर्जी, राय वा घोष थिए। त्यसैले इतिहासकारले आफ्नो सुविधा र इच्छाअनुसार तोडमरोड गरेर लेखे। दार्जिलिङको गोरखा त्यति नै पुरानो छ जति पुरानो यहाँको अस्तित्व छ।’

रिन्चु, टुप्पा, भुटिया जातिका हुन्। तर उनीहरु आफैलाई गोर्खा भन्छन्। लेप्चा भुटिया, गुरुङ, शेर्पा वा विहारी, झारखन्डी, बंगाली, मारवाडी सबै गोर्खा हुन्। गोर्खा कुनै जाति होइन, हाम्रो राजनीतिक पहिचान हो।

स्वराज थापाका अनुसार गोरखाल्यान्डको माग १ सय वर्षभन्दा धेरै पुरानो हो। उनले भने– ‘शुरूमा सुभास घिसिङ र सन् २००७ पछि विमल गुरुङले यसलाई सशक्त तरिकाले उठाए। सरकाले यहाँका नागरिकको अस्मिताको रक्षाका लागि पश्चिम बंगालबाट अलग्ग गर्नुपर्छ। हामीलाई गोरखाल्यान्ड दिनु।’

प्रतिक्रिया दिनुहोस्