जसका दम्पतीले हिमालपारीको स्कूल ठड्याए !



सन्तोष अधिकारी, गोरखा । अहिले पनि गाउँका केटाकेटी पठनपाठन गर्ने ब्यवस्थित विद्यालय छैन । चुमनुब्री गाउँपालिका ६ चुम्लीङ गाउँको सिद्धिगणेश प्राथमिक विद्यालयका केटाकेटीहरुले मूस्किलले कक्षा ३ सम्म पढेपनि त्यस भन्दा माथीको पढाईलाई सबैले निरन्तरता दिँनै सक्दैनथे ।

भूकम्पले त्यसगाउँमा तीन कक्षा सम्म पढ्न पाउने वालवालिकाको सुविधालाई स्कूल ध्वस्त पारेर झन धरापमा पा¥यो । चुमनुब्री गाउँपालिका ७ का एक दम्पती धावा ग्यान्जेन लामा र उनकी श्रीमती फुञ्जो लामाले त्यस विद्यालयलाई उठाउने सपना देखे ।

भुकम्प लगत्तै गाउँमा राहत र उद्धारमा खटिएको यो जोडीले गाउँको पुननिर्माण स्कूलबाट सुरु गर्ने निधो ग¥यो । ‘गाउँका केटाकेटीलाई शिक्षा दिन सकेमात्र गाउँको असल पुननिर्माण हुनेछ भन्ने सोँच आयो’ ट्रेकिङ ब्यवयायमा डेढ दशक विताईसकेका लामाले भने ‘हामी परिवारमा आपसमा सल्लाह ग¥यौँ । दुबैको मञ्जुरीमा यो विद्यालय बनाउने निधोमा पुग्यौँ ।’ विद्यालय बनाउने योजना बुनेको यो जोडीको सपना साकार हुन त्यत्ति सजिलो थिएन ।

 

भूकम्पकै कारण उत्तरी गोरखाको विभिन्न साविकका सात गाउँविकास समितीमा आवात जावत पुरै ठप्प थियो । हेलीकोप्टर नै आवतजावत गर्ने एक मात्र माध्यम थियो । तर पनि उनीहरुले हिम्मत हारेनन् स्कूल बनाएरै छाड्ने अठोट गरे । धावा लामा टे«किङमा लागेकै कारण धेरै देशी तथा विदेशी साथीहरु सँग नजिकबाट चिनजान छ ।

 

आफ्नो फेसबुकको माध्ययमबाट तिनै चिनेजानेकाहरुलाई स्कूल बनाउन लागेको बारे जानकारी गराए । ‘जसरी भएपनि स्कूल त बनाउनु नै छ भन्ने सम्झेर काम सुरु ग¥यौँ’ लामा भन्छन् ‘मैले विभिन्न सामाजिक सञ्जालमा गो फन मि भन्ने लिंक नै बनाएर स्कूल निर्माणका लागि सहयोग आह्वान गरेँ ।’

उनीहरुले आह्वान गरेको गो फन मि मार्फत पाँच कोठे भवन बनाउने पैसाको जोहो भएको हो । थप पाँच कोठे भवन बनाउन सिड नेपाल र क्यान नेपाल, मनास्लु संरक्षण क्षेत्र, विएनबी अमेरिका तथा विएनबी न्यूवर्क, तेन्जेन एर डोल्मा हेल्प नेपाल फ्रान्स, स्वर्गिय क्याप्टेन सुविके श्रेष्ठ लगायतले सहयोग गरे ।

 

विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्न थालेपछि उनीहरुले विद्यालय निर्माणको कामलाई पनि अघि बढाए । विद्यालयको पुरै डिजाईन भने गाउँकै इञ्जिनियर सोनाम लामाले गरेका हुने । उनले लामा जोडीलाई सहयोग गरे । विद्यालयको अहिले भूकम्प प्रतिरोधी बनेको छ । करिब ८० लाख रुपैँया खर्च भएको लामा दम्पती बताउँछ ।

विद्यालय निर्माणमा आवश्यक जस्तापाता, सिमेन्ट, रड सबै हेलीकोप्टर मार्फत उनीहरुले रड सिमेन्ट ढुवानी गरे । ‘सबै सामान हेलीमार्फत बोक्नुपर्ने धेरै खर्चालु’ लामाले भने ‘तर पनि हामीले सबैको सहयोगले विद्यालय निर्माण सम्पन्न ग¥यौँ । यसमा मलाई सबै भन्दा धेरै मेरै श्रीमती फुञ्जोको सहयोग छ ।’

 

फुञ्जो अक्सिजनबिना संसारको छैटौं अग्लो हिमाल माउन्ट छोयुको अक्सिजन विनै सफल आरोहण गर्ने पहिलो महिला समेत हुन् । फुञ्जोले सन् २०१४ बाट सिम्रिक एअरमार्फत लंगलाइन (हेलिकोप्टरमा झुन्डिएर गरिने काम) सुरु गरिन् । हिमाल चढ्न गएको मान्छे बिरामी भएमा वा अन्य कुनै समस्या परेमा हेलिकोप्टरबाट डोरीमा झुन्डिएर उनीहरूको उद्धार गर्ने उद्धार कर्ता समेत हुन फुञ्जो ।

 

श्रीमान्को टे«किङ क्षेत्र र फुञ्जोको यस क्षेत्र सँगै टे«किङ क्षेत्रमा आवद्ध भएकोले उनीहरुलाई आर्थिक जोहो गर्न केहि सजिलो भएको उनीहरु बताउँछन् । उनीहरुलाई सहयोग गर्छाैँ भनेर सहयोग नै नगर्ने विदेशीहरु पनि थुप्रै छन् । उनीहरुलाई हरबखत सहयोग गर्ने विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष चित्रबहादुर गुरुङ समेत हुन् ।

 

उनीहरुले अहिले निर्माण गरिसकेको विद्यालयमा खानेपानी बाहेकका सबै संरचना तयार भइसकेको छ । खानेपानीको लागि पनि उनीहरुले नै सहयोग गरेका छन् । विद्यालयमा एउटा ठुलो हल समेत छ । जहाँ गाउँमा केहि कार्यक्रम भए, विद्यालयमा केहि कार्यक्रम भए त्यसको प्रयोग गर्न मिल्छ ।

 

‘हामीलाई कमाउन यहि ठाउँ, यहि भीरपाखा र हिमालले सिकायो’ लामाका दम्पतीले भने ‘हामीले यो ठाउँका लागि केहि नगरे गाउँको भविष्य के होला । हाम्रो छोरा नाती पुस्ताको हालत के होला ?’ विद्यालय बनाउन उनीहरुले सबै स्थानीय ज्यामीहरुलाई नै प्रयोग गरे ।

 

जिल्ला शिक्षा कार्यालय गोरखाकाले पनि सो विद्यालयमा कक्षा पाँच सम्मको पढाई सञ्चालन गर्ने तयारी गरेको छ । ‘यस विद्यालयमा अन्य विद्यालयको तुलनामा विद्यार्थीको संख्या पनि धेरै छ’ जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले भने ‘अब पाँच कक्षा सम्म सञ्चालन गर्न गाउँलेको पनि आग्रह छ ।

 

त्यहाँ गाउँका केटाकेटीहरु गुम्बामा धेरै पढ्ने हुँदा उनीहरुलाई यता पनि पठनपाठन गराउन ल्याउने, गुम्बामा साँझ विहान जाने ब्यवस्था मिलाउन सकिन्छ की भन्नेमा छौँ । अब छिटै गाउँलेहरु सँग एउटा छलफल कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ ।’

 

सो विद्यालयलाई नमुना विद्यालय बनाउन स्थानीय तहले पनि सबै प्रकारका सहयोग गर्ने बताएको छ । ‘यस विद्यालय यस क्षेत्रको नमुना विद्यालय बनाउन हामीले के सहयोग गर्नुपर्छ गर्छाँै’ चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङ्गले भने ‘जिल्ला शिक्षाले केहि सरकारी शिक्षक उपलब्ध गराउन सहयोग गर्नुपर्छ ।

 

गुम्बाका विद्यार्थी विद्यालय सम्म ल्याउने ब्यवस्था हामी गर्छाैँ । शिक्षा क्षेत्रमा गाउँपालिकाले जस्तोसुकै लगानी गर्न तयार छ ।’ लामा दम्पतीले चुम कम्यूनिटी प्रोजेक्ट अन्तरगत पहिलो प्रोजेक्टको रुपमा सो १० कोठे विद्यालय भवन बनाएको हो ।

 

उनीहरुले विद्यार्थीहरुलाई झोला, लत्ताकपडा, तथा पाठ्यपुस्तकहरु समेत सहयोग गर्ने तयारी गरेका छन् । यहि असारको तस्रो हप्ता गाउँपालिकाका प्रमुखलाई बोलाई कार्यक्रम गरी विद्यालयको उद्घाटन तथा समुदायलाई हस्तान्तरण गर्ने तयारीमा धावा दम्पती जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्