डोलेश्वरले गर्यो जनप्रतिनिधीलाई सम्मान



भक्तपुर, (नेस) ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सूर्यबिनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । समितिले नगर प्रमुख, उपप्रमुख, बडा अध्यक्षहरु तथा ८ नम्बरबाट निर्वाचित वडा सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

सम्मानपछि सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरकै विकासमा टेवा पुग्ने भएको बताए । उनले यसलाई अझ प्रचार प्रसार गर्दै लैजानुपर्नेमा जोड दिए ।
उनले मन्दिरको गुरुयोजनालाई अगाडि बढाउन आग्रह गरे । उनले मन्दिरको समग्र विकासका लागि पूर्ण सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता समेत जनाए ।कार्यक्रम समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्