नेपाल-चीन परामर्श संयन्त्रको बैठक,विगतका सम्झौता कार्यान्वयन गर्ने सहमति



काठमाडौ (नेस) ।
नेपाल र चीनबीच विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने सहमति भएको छ ।

हरेक वर्ष काठमाडौं र बेइजिङ आलोपालो गर्ने उक्त बैठक चार वर्षदेखि हुन सकेको थिएन । सन् २०१३ अगस्ट पछि यो बैठक नै भएको थिएन । यसबीचमा नेपालमा चार प्रधानमन्त्री फेरिइसकेका छन् ।

बैठकमा नेपाली पक्षले ‘वान बेल्ट वान रोड’ सम्बन्धि चिनियाँ प्रस्तावलाई अघि बढाउने पुनः प्रतिवद्धता समेत जनाएको थियो ।

 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी र चिनियाँ पक्षको नेतृत्व सहायक विदेशमन्त्री कोङ सोन्यूले गरेका थिए । चीनले नेपालको आर्थिक विकासमा आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्